Ad Area

नेपाल जेसीज वर्ष २०२२ को राष्ट्रिय अध्यक्षमा दाङका भण्डारी निर्वाचित


दाङ,४ पुस ।
नेपाल जेसीज वर्ष २०२२ को लागि राष्ट्रिय अध्यक्षमा दाङका लालमणि भण्डारी निर्बाचित भएका छन् । नेपाल जेसीजको पोखरामा भएको ४८ औ राष्ट्रिय महाधिबेशनबाट भण्डारी राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अत्यधिक मत ल्याएर भण्डारी सन २०२२ को राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन ।
गतबर्ष भएको निर्वाचनमा भण्डारी अध्यक्षमा पराजित भएका थिए । भण्डारी नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष २०२०, राष्ट्रिय उपाध्यक्ष २०१९ , त्रिभुवननगर जेसीजको अध्यक्ष १०१८ लगायतका विभिन्न पदमा बसेर काम गरिसकेका छन् । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा दाङकै नारायण भट्टराई निर्वाचित भएका छन् । भण्डारी निर्बाचित हुनु भएको हो । त्यस्तै रास्ट्रिय उपाध्यक्षमा दाङकै नारायण भट्टराई निर्बाचित हुनु भएको छ ।
Blog Post Ad Blog Post Ad