Ad Area

एमालेको लुम्विनी प्रदेश अधिवेशन माघ ८ गते हुने


एमालेको लुम्विनी प्रदेश अधिवेशन माघ ८ गते हुने

घोराही ५, पुस । नेकपा एमालेको लुम्विनी प्रदेश अधिवेशन माघ ८ गते हुने भएको छ । दाङको घोराहीमा बसेको लुम्बिनी प्रदेश आयोजक कमिटीको बैठकले पहिलो प्रदेश अधिवेशन आगामी माघ ८ गते नेपालगंजमा गर्ने निर्णय गरेको हो। जसका लागि विभिन्न समिति पनि गठन गरिएको छ ।

जसका लागि आगामी पुस २८ गते सबै निर्वाचन क्षेत्रबाट अनिवार्य रुपमा प्रतिनिधि छनौट गर्ने भएको छ । यस्तै, अधिवेशनका लागि प्रतिनिधिहरुको नाम, ठेगाना, पार्टी सदस्यता नम्बर, मोबाइल नम्बर र फोटो सहितको विवरण पौष २१ गतेसम्म प्रदेश कार्यालय, बुटवलमा अनिवार्य रुपमा बुझाउन निर्देशन गरेको छ ।

मूल व्यवस्थापन समिति भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा प्रदेश संगठन कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, पार्टीबाट निर्वाचित प्रदेश सभाका सदस्यहरु, पार्टीबाट निर्वाचित विभिन्न जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पार्टीबाट निर्वाचित विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, पार्टी जनसंगठनका केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका विभिन्न विभागका सदस्यहरु, स्थानीय पालिका कमिटीका अध्यक्ष लगायत पदाधिकारीहरू, जनवर्गीय संगठनका प्रदेश कमिटीका पदाधिकारीहरुसहित १ हजार १ सय ९९ सदस्यीय प्रथम अधिवेशन व्यवस्थापन कमिटी निर्माण गरिएको छ ।

हाल २ सय ५४ सदस्यीय प्रदेश कमिटीलाई घटाउँदै २०५ सदस्यीय बनाउन लागिएको छ । जसमा ५२ वटा प्रदेश निर्वाचन क्षेत्रबाट प्रतिनिधि छानिनेछन् । यस्तै, २ सय संगठित सदस्य बराबर १ जना, १ सय संगठित दलित समुदायका प्रतिनिधि बराबर १ जना छानिने भएको छ । संगठनमा ३३ प्रतिशत महिलाको उपस्थिती अनिवार्य गरिएको छ ।

बैठकलाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोख्रेलले अहिले देशमा देखापरेको ध्रुवीकरण अन्त्य गर्दै बलियो राज्य बनाउन आफ्ना नेता तथा कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ । बलियो राज्य र स्थिर राजनीतिले मात्रै नेकपा एमालेले अघि बढाएको राष्ट्रिय स्वाधीनता, राष्ट्रियता र समृद्धिको रक्षा हुने धारणा व्यक्त गर्नुभयो ।

Blog Post Ad

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको छैठौँ पूर्ण बैठकलाई दाङ घोराहीको बाह्रकुने दहमा सोमबार सम्बोधन गर्दै महासचिव पोख्रेलले देशमा बलियो अर्थतन्त्र बनाउन र हरेक नागरिकलाई समृद्धिको अभियानमा गोलबद्ध गर्न लगानी संचितीकरणको सेचतनामा जोड्ने गरी लाग्न अपिल गर्नुभयो । सानो पूजीँको संचितीले पनि देशमा ठूलो आर्थिक संकलन हुने हुँदा यसले समृद्धिका लागि थालिएका विभिन्न अभियान सफल बनाउन ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले एमालेको साथ लिएर माओवादी केन्द्रले जसका विरुद्ध लडेको हो उसैलाई सरकारको नेतृत्व दिनु जनमतको अपमान भएको टिप्पणी पनि गर्नुभयो । जनताको आदेश विरुद्ध गठबन्धन नियोजित स्वार्थमा केन्द्रित भएको समेत उहाँको आरोप थियो । जनमत विपरित सरकार बन्नु लोकतन्त्रको विपरीत भएको भन्दै गठबन्धनले यसैलाई लोकतन्त्रको लेपन लगाएर प्रचार गरेको हुँदा यस विरुद्ध सजह बन्दै जनताको पक्षमा अभियानमा लाग्न निर्देशन पनि दिनुभयो । प्रदेशका १२ वटै जिल्लाका एमाले नेता कार्यकर्ता सहभागी कार्यक्रममा महासचिव पोख्रेलले गठबन्धन सरकारको उद्देश्यले केपी शर्मा ओली र एमालेलाई रोक्ने भएको हुँदा आगामी निर्वाचनमा ठूलो जनमत ल्याएर फेरी अधुरा कामलाई अघि बढाउने गरी ध्यान केन्द्रित गर्न उहाँको धारणा थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश ईन्चार्ज एवं पार्टी सचिव छबिलाल विश्वकर्माले एमालेको १०औँ महाधिवेशनले तय गरेको कार्यदिशामा अब सिंगो पार्टी पंक्ति, नेता कार्यकर्ता अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । जनताले आशा र भरोसा गरेको पार्टी एमाले नै भएको भन्दै त्यही जनमतलाई अझ उचाईमा पुर्याउन आगामी निर्वाचनको तयारीमा जुट्नु नै अबको कार्यभार रहेको बताउनुभयो ।

बैठकले १० औँ महािधवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । पूर्ण बैठकमा पार्टी केन्द्रीय कमिटीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्जहरु दलबहादुर राना, बैजनाथ चौधरी, लिला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टराई, खेममान खड्का, बिमला घिमिरे, पोलिटब्युरो सदस्यहरु ठाकुर गैरे, नरुलाल चौधरी, सुर्य थापा, सुजिता शाक्य, शान्ता चौधरी, केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज लक्ष्मण ज्ञवाली, केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय सल्लाहकार परिषदका सदस्यहरु, विभिन्न आयोगका सदस्यहरुको विशेष उपस्थिती रहेको थियो । प्रदेश कमिटी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण प्रदेश सचिव लक्ष्मण आचार्यले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad