Ad Area

दाङमा रोकिएन लागुऔषध कारोवार, १५० ग्राम खैरो हिरोइनसहित २ जना पक्राउ


दाङ,६ पुस । दाङमा प्रहरीले पछिल्लो समयकै ठुलो परिमाणमा लागुऔषध कारोवारमा संलग्नलाई दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले देउखुरीको अमेलियाबाट एक सय ५० ग्राम खैरो हिरोइनसहित दुुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदो निवासी ४५ वर्षीय चन्द्रा राना र भारतको उत्तरप्रदेश जिल्ला बहराइच मन्सुरगंज निवासी १८ वर्षीय समिर अंसारी रहेको प्रहरी प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेशप्रसाद काप्mलेले जानकारी दिएका छन् ।

प्रहरी प्रमुख काफ्लेका अनुसार उनीहरुलाई प्रहरीले सोमवार साँझ करिव साढे चार बजेतिर लमही नगरपालिका–९ अमिलियाबाट खैरो हिरोइनसहित पक्राउ गरेको हो । ‘खैरो हिरोइन विक्रि वितरणका लागि ओसारपसार भैरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी अधिकृतको टोली खटिएको थियो’,प्रहरी प्रमुख काफ्लेले भने,‘चेकजाँचका क्रममा शंकास्पद लागेपछि नियन्त्रणमा लिएर हेर्दा १५० ग्राम ब्राउनसुगर फेला परेको हो ।’

प्रहरीका अनुसार चन्द्रा रानाले आफुले लगाएको कालो रंगको हाइनेकभित्र घाटीमुनीको भागमा लुकाएर ल्याउने क्रममा प्रहरीले फेला पारेको थियो । अनुसन्धानका क्रममा भारतबाट बांकेको नेपालगंजसम्म समिरले र नेपालगंजबाट दाङ ल्याउन चन्द्राले भूमिका खेलेको देखिएको प्रहरी प्रमुख काफ्लेले बताए ।

खैरो हिरोइनसहित प्रहरीले उनीहरुको साथबाट दुई थान मोवाइल र नगद चार हजार रुपैया जफात गरेको छ । पछिल्लो समय दाङमा पक्राउ पर्नेक्रम बढेको र बाहिरबाट आउनेक्रम समेत बढेकाले जिल्लामा लागुऔषध प्रयोग गर्नेको संक्रम समेट बढी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले उनीहरुलाई आगुऔषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ को दफा १४ को (छ) (३) बमोजिम कारवाही प्रक्रिया अघि बढाएको छ । एक सय ग्रामदेखिमाथि जतिसुकै परिमाणको कारोवार गर्नेलाई पन्ध्र बर्षदेखि जन्मकैदसम्मको सजाय र पाँच लाख रुपैयादेखि पच्चीस लाख रुपैयासम्म जरिवाना हुने काुनी व्यवस्था रहेको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad