Ad Area

लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पुरा


दाङ,७ पुस । आईटिएफ तेक्वान्दोको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । दाङ आईटिएफ तेक्वान्दो संघको आयोजना तथा चौघेरा आईटिएफ तेक्वान्दो डोजाङको सहकार्यमा पुसको ९ देखि ११ गतेसम्म हुन लागेको ‘लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता–२०७८’ को सम्पूर्ण तयारी पुरा भएको हो ।

प्रतियोगिताको व्यवस्थापन,प्रचारप्रसचार, निमन्त्रणलगायतका सम्पूर्ण काम पुरा भएको आईटिएफ तेक्वान्दो संघले जनाएको छ । जिल्लामा खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी पहिचानका लागि हुन थालेको प्रदेशस्तरीय प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका ३ सय ५० जना खेलाडी र ४० जना अफिसियल रेफ्रि,कोचलगायत करीव ४ सय बढीको सहभागीता रहने दाङ आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् ।

जिल्लामा खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकास एव नयाँ खेलाडी पहिचानका लागि गर्न थालिएको प्रतियोगिता भव्य भव्य बनाउनका लागि अध्यक्ष थापाले सवैमा आग्रह गरेका छन् । उनका अनुसार प्रतियोगिता घोराही उपमहानगरपालिका–१४ कवर्ड हलमा हुने भएको छ । यसअघि प्रतियोगिता घोराही उपमहानगरपालिका–१७ मा गर्ने भनिएको थियो । तर त्यहाँ खुल्ला मैदानमा गर्नका लागि आवश्यक तयारी पुरा नभएपछि घोराहीकै कवर्ड हलमा गर्न थालिएको हो ।

प्रतियोगितामा पुरुषतर्फ २० केजी तौल समूहदेखि ८० केजीसम्म र महिलातर्फ २० केजी तौल समूहदेखि ७५ केजी तौल समूहका खेलाडीहरुले सहभागी हुने बताए । अध्यक्ष थापाले जिल्लाको खेलक्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमताअभिवृद्धका लागि हुन थालेको प्रतियोगितालाई सफल बनाउन सवैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

Blog Post Ad Blog Post Ad