Ad Area

नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन,माघ १९गतेदेखि २२ गतेसम्म घोराहीमा हुने


दाङ,७ पुस । नेपाल मगर संघ केन्द्रीय समितिको १२ औं राष्ट्रिय महाधिवेशन दाङको घोराहीमा हुने भएको छ । यसअघि रोल्पाको लिवाङमा गर्ने भनिएपनि मंगलवार घोराहीमा बसेको नेपाल मगर संघको पूर्ण बैठकले माघको १९ गतेदेखि २१ गतेसम्म घोराहीमा गर्ने निर्णय गरेको हो ।

नेपाल मगर संघ केन्दीय समितिले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि १२ औं महाधिवेशनका बारेमा जानकारी गराएको हो । माघको १९, २०,२१ र २२ गते चार दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयनदेखि देशको संघीय संरचना प्रदेशको नामाकरण, मगर जातिका अधिकार, संघको निती तथा कार्यक्रममाथि गम्भीर रुपमा छलफल हुने नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीव रोकामगरले जानकारी दिएका छन् ।

‘ऐतिहासिक १२ औं महाधिवेशनको तयारीको अन्तीम चरणमा पुगेका छौ’,अध्यक्ष रोकामगरले भने,‘महाधिवेशनले नीति कार्यक्रमका बारेमा छलफलसँगै नयाँ नेतृत्व गर्नेछ ।’ महाधिवेशनमा ७ प्रदेश, ७० जिल्ला समिति, ८ वटा भातृ सस्था र २२ वटा वैदेशिक शाखाबाट ५ सय जना प्रतिनिधि एवं आयोजकहरु ६ सय जना प्रतिनिधिहरुको सहभागिता रहने भएको छ । त्यसैगरी करिव ५० जना बढी अतिथिहरु सहभागी रहनेछन् ।

माघको १९ गते घोराहीको सहिद मञ्चमा उद्घाटन हुने कार्यक्रममा संयुक्त राष्ट्रसंघका प्रतिनिधि,अन्तराष्ट्रिय मगर महासंघका प्रतिनिधि,आदिवासी जनजाति संघका सस्थाका अध्यक्षहरुलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहनेभएको छ ।

समितिले दाङको घोराहीमा हुन थालेको १२ औं महाधिवेशनलाई सभ्य र भव्य रुपमा सफल बनाउनका लागि जिल्लाका सम्पूर्ण उद्योग,व्यवसायी, राजनीतिक दल, अधिकारकर्मी, विद्यार्थी, शिक्षक, पेसाकर्मी, पत्रकार, सुरक्षाकर्मी, बुद्धिजीवीलगायत सम्पूर्णमा आर्थिक, भौतिक तथा नैतिकलगायतको सहयोग गर्न समेत आग्रह गरेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad