Ad Area

हाप्किडो च्याम्पियनसिपको उद्घाटन गर्न मन्त्री खाँ आउने


दाङ,८ पुस । दाङको घोराहीमा हुन थालेको दाङ जिल्ला विद्यालय स्तरीय हाप्किडो च्याम्पियनसिपको उद्घाटन गर्न लुम्विनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री वसीउद्दीन खाँ आउने भएका छन् ।

हाप्किडो संघ घोराही उपमहानगरपालिका समितिको आयोजनामा आउने माघ १ गतेका दिन घोराहीमा हुन थालेको विद्यालय स्तरीय हाप्किडो च्याम्पियनसिपको उद्घाटनका लागि मन्त्री खाँ आउने भएका हुन । नेपाल मार्सल आर्ट्स हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरलगायतको टोलीले च्याम्पियनसिपको उद्घाटनका लागि आमन्त्रण गरेपछि मन्त्री खाँ दाङ आउने भएका हुन ।

माघ महिनाको ३ र ४ गते घोराहीमा आयोजना गरिएको दाङ जिल्ला विद्यालय स्तरीय हाप्किडो च्याम्पियनसिपमा जिल्लाका ४० बढी विद्यालयहरुका खेलाडीहरुको सहभागिता रहने बताइएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल मार्सल हाप्किडो हाप्किडो संघको सहकार्यमा माघको २२ गतेदेखि २८ गतेसम्म पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप हुन थालेको छ । त्यसको तयारीका लागि समेत विभिन्न प्रतियोगिता तथा सेमिनारहरु जिल्लामा भैरहेका छन् ।

Blog Post Ad Blog Post Ad