Ad Area

बदेलको मासुसहित देउखुरीमा एकजना पक्राउ


दाङ,८ पुस । जंगली जनावर बदेलको मासुसहित देउखुरीको लमहीबाट एक जना पक्राउ परेका छन् ।

बदेलको मासु विक्रिका लागि राजपुरबाट लमही आएका राजपुर गाउँपालिका–२ बेला निवासी ५४ बर्षीय रामसुन्दर चौधरीलाई वडा प्रहरी कार्यालय लमहीले पक्राउ गरेको हो ।

चौधरीलाई आठ किलो बदेलको मासुसहित बिहीबार विहान लमहीको सनलाइट चोक नजिकैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पक्राउ परेका व्यक्ति र बदेलको मासुलाई वडा प्रहरी कार्यालय लमहीले डिभिजन वन कार्यालय दाङको जिम्मा लगाएको छ ।

चौधरीलाई नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कार्वाहीको प्रक्रिय अघि बढाइएको छ ।

Blog Post Ad Blog Post Ad