Ad Area

मतदाता नामावलीमा नाम समावेश गराऊ : कांग्रेस


दाङ, ९ पुस । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ दाङले मतदाता नामावलीमा नाम समावेश गर्नका लागि सम्पूर्णमा अनुरोध गरेको छ । क्षेत्रीय समितिको बिहीवार बसेको बैठकले मतदान गर्ने अधिकारबाट कोही पनि बञ्चित नहुनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सम्पूर्ण जिल्लाबासीमा अनुरोध गरेको हो ।

विभिन्न कारणले मतदाता नामावलीमा नाम समावेश गर्न छुटेका व्यक्तिहरुलाई मतदाता नामावलीमा नाम समावेश गर्न अनुरोध गर्दै यसका लागि सहजीकरण गर्नका लागी नेपाली कांग्रेसको उपमहानगरपालिका, गाउँपालिका, वडा एवं टोल विकास समितिलाई निर्देशन गरेको छ ।

क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनका लागि लागिपर्ने सम्पूर्ण नेता, कार्यकर्ता एवं निर्वाचन समितिलाई धन्यवादसहित केन्द्रीय समिति एवं प्रदेश समितिका विभिन्न पदमा निर्वाचित सम्पूर्णलाई बधाई ज्ञापन गरेको छ ।

बैठकले क्षेत्रीय समितिको सल्लाहकारमा निवर्तमान सभापति भूपबहादुर डाँगीलाई चयन गरेको छ भने वडा समितिहरुलाई कांग्रेसको टोल समिति गठन गर्न निर्देशन दिएको छ । यस्तै बैठकले पार्टी सञ्चालन गर्न विभिन्न तहमा बिधानअनुसार कार्यसमितिले लेबी उठाउने र पार्टीको साधारण सदस्यता सबै तहमा सहज तरिकाले वितरण गर्ने निर्णय गरेको छ

Blog Post Ad Blog Post Ad