Ad Area

खाजा खर्च कटाएर वृद्धाआश्रममा खाद्यान्य सहयोग


 

दाङ– घोराही–२ रामपुर स्थित नव चेतना शैक्षिक बोर्डिङ स्कुलका विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर वृद्धाआश्रममा खाद्यान्य वितरण गरेका छन् । आफूले खादै खाएको खाजा खाने पैसा कटाएर विद्यार्थीहरुले घोराही–१६ तैरौटे स्थित वृद्धआश्रममा आश्रीत ज्येष्ठ नागरिकहरुलाई खाद्यान्य सहयोग गरेका हुन् ।

विद्यालयमा ७, ८, ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरुले १० हजार बराबरको खाद्यान्य बस्तु सहयोग गरेका छन् । एक सय केजी पिठो, २५ केजी दाल, १० लिटर तेल, पाँच पोका नुन आश्रमलाई हस्तान्तरण गरेका छन् । विद्यार्थीहरुमा सामाजिक उत्तरदायी बोध गराउन विद्यालयले यस खालका गतिविधि गराउँदै आएका विद्यालयका शिक्षक भुवन आचार्यले बताए ।

Blog Post Ad Blog Post Ad