Ad Area

मुक्त कमलरीहरु कृषि र व्यवसायमा जोडिएसँगै आत्मनिर्भर उन्मुख हुँदै


घोराही ९, पुस । मुक्त कमलरी सशक्तीकरण परियोजना अन्तरगत मुक्त कमलरी विकास मञ्चले समुदायस्तरमा संचालन गर्दै आएको विभिन्न परियोजनाहरुको प्रगति समीक्षा एवं अनुगमन निरिक्षण गरिएको छ ।

बिहीबार दाङको घोराहीमा एक कार्यक्रम गरि आईएम नेपालको आर्थिक सहयोगमा संचालित परियोजनाका बारेमा जानकारीसहित लक्षित महिलाहरुले गर्दै आएका पेशा, व्यवसाय, कृषि, उद्यमशीलता, सचेतनाका कामको पनि अनुगमन निरिक्षण गरिएको हो । अनुगमन निरिक्षण अघि मञ्चकि केन्द्रीय अध्यक्ष शान्ति चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख जीतेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरि संस्थाले मुक्त कमलरी, गरिव, विपन्न, कमजोर आर्थिक अवस्था भएका तथा हिंसामा परेका महिलाहरुको उत्थानसँगै आत्मनिर्भर बनाउने लक्ष्यका साथ गरिरहेको काम र लाभग्राहीहरुको अवस्था बारे जानकारी गराईएको थियो ।

मञ्चका कार्यक्रम प्रबन्धक माधवराज चौधरीले लक्षित महिलाहरुको उत्थानका लागि परियोजनामार्फत के कस्ता काम भएका छन् ? लाभग्राहीहरुको वर्तमान अवस्था कस्तो छ ? उनीहरुलाई अझ माथि उकास्न कसरी सरोकार संघ संस्थाहरुसँग जोड्न सकिन्छ भन्ने लगायत विषय बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मुक्तकमलरी विकास मञ्चले थालेको सकारात्मक कामले स्थानीय सरकारलाई निकै सहज भएको बताउनुभयो। विभिन्न कारणले पछि परेका र पारिएका महिलाहरुको जीवन माथि उठाउन तथा न्यायमा पहुँच बढाउन संस्थाले खेलेको भूमिका प्रसंशनीय रहेको बताए । बालविवाह न्यूनीकरण, लैंगिक हिंसा अन्त्यका लागि थालिएका सचेतनामुलक अभियान, हरित क्रान्तिका लागि वृक्ष रोपण, व्यापार व्यवसायका लागि आर्थिक सहयोग, उद्यमशीलता तथा व्यवसाय संचालनका लागि अपनाउनु पर्ने ज्ञान लगायत यावत कुरामा मञ्चले खेलेको भुमिकाका कारण अहिले धेरैको जीवन बदलिएको र कतिको बदलिने अवस्था आएको विश्वास व्यक्त गरे । मुक्तकमलरी विकास मञ्चले हाल घोराही उपमहानगरपालिकाको वडा नम्बर २, ४ र ८ मा कार्यक्रम लागु गरेको छ ।

ती वडामा रहेका महिलाहरुको अवस्था र गरेका काम तथा प्रगति बारे निरिक्षण अनुगमन पनि भयो । अनुगमनमा मञ्चकि अध्यक्ष शान्ति चौधरी, जिल्ला समन्वय समिति प्रमुख जीतेन्द्रमान नेपाली, वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रप्रसाद चौधरी, वडा सदस्य प्रकाश खड्का, वडा नम्बर २ का वडा अध्यक्ष केशव आचार्य, वडा नम्बर ४ कि वडा सदस्य, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख उमबहादुर वली, भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रेमकुमार चौधरी कृषि ज्ञान केन्द्रका पृथुमान चौधरी, गैरसरकारी संस्था महासंघका सचिव खुशल घिमिरे, घोराही उपमहागर कृषि शाखाकी शोभा आचार्य, पत्रकारलगायतको संयुक्त टोलीले ३ वटै वडामा रहेका महिला समुहको काम र प्रगति बारे स्थलगत जानकारी लिएको हो ।सो अवसरमा वरपिपल महिला समूह दुन्द्राकि अध्यक्ष कल्पना चौधरीले आफुहरुले भोगेका समस्या, पाएका उपलब्धि तथा सफलताका कुरा बारे जानकारी गराईन् ।

Blog Post Ad

उनका अनुसार कृषिमा जोखिम रहेकाले प्राविधिक ज्ञानको अभावमा तालिम दिनुपर्ने, थोरै जमिन भएका र सानो लगानी कर्तालाई सुरक्षा दिनु पर्ने, बजार व्यवस्थापनमा सघाउनुपर्ने अवस्था रहेको छ । उता, जागृति महिला समूह घोराही ४ भकारेकि अध्यक्ष सुरक्षा चौधरीले संस्थाले गरेको सहयोगले आफुहरु निकै उत्साहित भएपनि बाह्रै महिना पानी नहुँदा कृषिमा जोडिन समस्या भएको बताईन् । जागरण महिला समूह, घोराही २ पलासेकि अध्यक्ष तुलसा चौधरीेले घुम्ती कोष संचालन गरेको, आयआर्जनमा संलग्न भएको, अनुदान सहयोगमा आवद्ध भएको तथा कृषि उत्पादन राम्रो भएकाले सबै उत्साहित भएको बताईन् ।

यद्यपि, महिला समुहमा रहेकाहरुले राज्यले प्रदान गर्ने सेवा, अनुदान तथा सहयोग पाउनबाट वञ्चित हुनु परेको गुनासो गरेका थिए । सेवा तथा सुविधाको पहुँच बढाउन आगामि दिनमा थप सहयोग तथा पैरवी गरिने सरोकार कार्यालयका प्रतिनिधहरुले वचन दिए । यस्तै, अहिले मुक्त कमलरी विकास मञ्चमा आवद्ध भएपछि विभिन्न सचेतनाका कार्यक्रम संचालन हुन थालेपछि लैंगिक हिंसा अन्त्य तथा बालविवाह न्यूनीकरणमा टेवा पुगेको स्थानीयहरुको भनाई रहेको छ ।

Blog Post Ad Blog Post Ad