Ad Area

चेतना विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गौतम


दाङ,९ पुस । चेतना अनौपचारिक प्रौढ विद्यालय रझेना दाङको व्यवस्थापन समिती गठन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय केसीको अध्यक्षतामा शुक्रवार भएको भेलाले सुलोचना गौतमको अध्यक्षतामा नया विद्यालय ब्यबस्थापन समिति गठन गरेको हो ।

भेलाले समितिको सचिबमा सुमित्रा सुवेदी पन्थी, कोषाध्यक्षमा सुमित्रा गौतम, शिक्षाप्रेमी तथा बुद्दिजिबी प्रतिनिधि सदस्यमा लक्ष्मी आचार्य, अभिभावक प्रतिनिधि सदस्यमा भीमलाल श्रेष्ठ , शिक्षक प्रतिनिधि सदस्यमा सुधा गौतम, सस्थापक प्रतिनिधि सदस्यमा उषा न्यौपाने र महिला प्रतिनिधि सदस्यमा बसुन्धरा गौतमलाई चयन गरेको छ ।

भेलाले हिमालय केसीको संयोजकत्वमा ४ सदस्य सल्लाहाकार समिति चयन गरेको छ । सल्लाहाकार समितिको सदस्यमा होमा सुवेदी, गोमा महरा र दधिराम खनाल चयन भएका छन ।

Blog Post Ad Blog Post Ad