Ad Area

हाम्रो साँस्कृतिक धरोहरलाई लोप हुन दिनुहुँदैन : अध्यक्ष खनाल


दाङ, ९ पुस । राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालले साँस्कृतिक धरोहरहरुलाई लोप हुनबाट बचाउन सबै लाग्नु पर्ने बताउनुभएको छ। अहिलेको समाज साँस्कृतिक धरोहरहरुलाई छाडोर आधुनिकतामा रमाएको भन्दै उहाँले बचाउनका लागि सबै लाग्नु पर्ने बताउनुभयो ।

शुक्रबार राप्ती साहित्य परिषद् दाङ शाखाको ६९औँ नियमित शृङ्खला अन्तरगत साहित्यकार छविकिरण वलीद्धारा एकल रचना वाचन कार्यक्रमका प्रमुख अतिथि खनालले लोक संस्कृति हाम्रो जीवन भएको बताउनुभयो । उहाँले जीवनलाई निराशाको रुपमा नहेरेर उत्साहको रुपमा लिन सक्नु पर्ने धारणा राख्नुभयो । रचना वाचक साहित्यकार वलीको रचनाहरु जीवनलाई उर्जा दिनेखालका रहेको बताउँदै अध्यक्ष खनालले उर्जा दिने रचनाहरु जीवन बाँच्ने कला भएको बताउनुभयो ।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष दीपक शर्मा समिरको अध्यक्षतामा भएको रचना वाचक कार्यक्रममा साहित्यकार वलीले दर्जन बढी आफूले रचेका कविताहरु वाचन गर्नुभएको थियो । साथै उहाँले गीत गजल पनि सुनाउनुभएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश विषम, छविकिरण ओली, पद्मप्रसाद शर्मा, खगराज न्यौपाने, डिल्ली राज श्रेष्ठ, कमलमणि देवकोटालगायत साहित्यकारहरुको सहभागिता रहेको थियो ।

राप्ती साहित्य परिषद् दाङका कोषाध्यक्ष यम रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको एकल रचना बाचन कार्यक्रममा राप्ती साहित्य परिषद् दाङका सचिव प्रकाश केसीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad