दाङमा उत्सर्ग संगीत अवार्ड गरिने
दाङ, ८ असोज । दाङमा संगीत अवार्ड–२०७८ हुने भएको छ । उत्सर्ग फिल्म नेपाल, पहल नेपालको आयोजनामा संगीत अवार्ड गर्न थालेको हो । आयोजक संस्थाले बिहीवार घोराहीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।
जिल्लामा पहिलोपटक यस प्रकारको आयोजना अवार्डको आयोजना थालिएको कार्यक्रमका निर्देशक केएल बुढाथोकीले बताए । उनका अनुसार ५२ वटा विधाको अवार्ड वितरण गरिने भएको छ । सहभागी हुन चाहनेहरुले कार्तिक २ गतेसम्म आवेदन भरी सक्नुपर्ने बुढाथोकीले बताए ।
साविक राप्तीकाले यसमा सहभागिता जनाउन पाउने भएका छन् । आवेदन दिनका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको आयोजकले जनाएको छ । कार्यक्रममा पुराना कलाकारहरुलाई सम्मान गरिने भएको छ ।