Ad Area

हुलाकमा सरकारी चिठीमात्र


दाङ, ६ असोज । कुनै समय हुलाक भन्दा विक्तिकै चिठी आदान प्रदान गर्ने कार्यालयको रुपमा लिइन्थ्यो । रेडियोमा बज्ने कार्यक्रमका लागि होस्, या व्यक्तिले व्यक्तिलाई पठाउने चिठी होस् । बोराका बोरा चिठी हुने गर्दथे, जसलाई हलकराले मानिसको घर घरमा पु¥याउने काम गर्दथे ।

प्रबिधिको विकास संगै मानिसको हात हातमा स्मार्ट फोन हुन थाल्यो,  बिस्तारै हुलाकको चिठी पु¥याउने काम कम हुन लाग्यो । आवश्यक खवर पु¥याउन तथा पाउनका लागि महिनौ चिठी पर्खने जमाना सकियो । हाल व्यक्तिलाई पठाउने चिठी कम आउन थालेका छन् । व्यक्तिको नाममा दैनिक करिव १० प्रतिशत मात्र चिठी हुने गरेको जिल्ला हुलाक कार्यालय दाङका प्रमुख अधिकृत सोभाराम बस्नेतले बताए । त्यो पनि अफिसियल कामका लागि हुन्छन् । हाल सरकारी कार्यालयका पत्रहरु आदान प्रदानको काम हुने उनको भनाई छ । ९० प्रतिशत पत्र संघसंस्था तथा सरकारी कार्यालयका आउने गरेको बस्नेतले बताए । हाल दैनिक सरदर दुई सय चिठी आउने गर्दछन् । “जिल्लाका उपमहानगर, नगर, गाउँपालिका तथा वडाका पत्रहरु आउने गर्छन्, त्यसैले क्षेत्राधिकार आज पनि ठुलो छ’, उनले भने ।

चिठी आउन छोडेपनि हुलाकको काम भने घटेको छैन् । प्रबिधिको विकास संगै नयाँ काम तथा क्षेत्राधिकार बढेको प्रमुख बस्नेतको भनाई छ । हाल केही बर्ष यता सुचनाको हक कार्यान्वयन सम्बन्धि अनुगमन तथा रिर्पोटिङ, प्रेस प्रतिनिधि प्रमाण पत्र र अनलाइन सञ्चारमाध्यम, छापा माध्यमहरुको लोक कल्याणकारी बिज्ञापनको पैसा भुक्तानीको काम हुलाक कार्यालयले गर्ने जिम्मेवारी बढेको बस्नेतले जानकारी गराए । यि कार्यक्रमका लागि हुलाक कार्यालयले काम सुरु गरेको छ । यो भन्दा अगाडी भने चिठीपत्र आदान प्रदान, बचत बैंक सेवा, पाँच सय वाट सम्मको रेडियोको नविकरण सेवा, लगाएतका सेवा संचालन गर्दे आएको थियो । जिल्ला हुलाक कार्यालयले बचत बैंक सेवा संचालन गर्दे आएको छ । जसमा तीन करोड, ३५ लाख पाँच हजार एक सय ९८ रुपैँया नगद जम्मा भएको छ, भने दुई करोड ४६ लाख, ३५ हजार ९ सय ४५ रुपैँया भुक्तानी गरिएको छ ।

चिठी इन्क्वायरी सिष्टम

जिल्ला हुलाक कार्यालयले चिठी इन्क्वायरी सिष्टम लागु गरेको छ । यसले पठाएका चिठी हराउने समस्याको समाधान गर्नेछ । विगतमा पठाएका चिठी हराएको गुनासो धेरै आएकोले यस्तो सुविधा सुरु गरिएको हो । आर्थिक बर्ष २०७६ साउन महिना वाट चिठी इन्क्वायरी सेवा सुरु गरिएको जिल्ला हुलाक कार्यालय दाङले जनाएको छ । यो सिष्टम अन्तर्रगत हुलाक मार्फत चिठी पठाएका व्यक्तिहरुले आफुले पठाएको पत्र कहा गयो कस्तो अवस्थामा छ भनेर घरमै बसेर जानकारी पाउन सक्नेछन् । कार्यालय प्रमुख बस्नेतले पोष्टल इन्टरनल टे«किङ सिष्टमवाट चिठीको अवस्थाको वारेमा थाहाँ पाउन सकिने बताए । बेवसाइट  WWW.gpo.gov.np  मा गएर सर्चमा रजिष्ट्रेशन नम्बर टाइप गरेर हेर्न सकिने छ ।

५७ लाख बढी राजस्व

Blog Post Ad

जिल्ला हुलाक कार्यालय दाङमा ५७ लाख ७७ हजार पाँच सय १२ रुपैँया राजस्व संकलन भएको छ । गत आर्थिक बर्ष २०७७÷०७८ मा उक्त राजस्व संकलन भएको कार्यालयले जनाएको छ । हुलाक टिकट विक्रीवाट ४५ लाख ९९ हजार चार सय ५५ रुपैँया, पार्सल भुक्तानी आम्दानीवाट ४८ हजार आठ सय ६ रुपैँया, रेडियो रोयल्टीवाट ७१ हजार एक सय ३८ रुपैँया संकलन भएको कार्यालय प्रमुख बस्नेतले बताए । यस्तै पत्रिका नविकरणवाट एक हजार १०, पोष्टबक्स नविकरण तीन हजार, केवुल नविकरण २५ हजार रुपैँया, काउन्टर अटोमेसिन आम्दानी एक लाख ९९ हजार पाँच सय ८५, केबूल रोयल्टी वाट ६ लाख ७८ हजार दुई सय ८५, एफएम रेडियो इजाजत नविकरणवाट चार हजार रुपैँया राजस्व संकलन भएको हो । यस्तै घर बहाल आम्दानी एक लाख ४५ हजार दुई सय ३४ रुपैँया, एफएम रेडियो लाइसेन्स नबिकरण वाट दुई हजार राजस्व संकलन भएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad