Ad Area

फोनिज दाङ शाखाको अध्यक्षमा राम्जा


घोराही, १२ पुस ।

जनजाती पत्रकार महासंघ (फोनिज)दाङ शाखाको अध्यक्षमा प्रेमबहादुर राम्जा चयन हुनुभएको छ । सोमवार घोराहीमा आयोजना गरिएको ८औँ जिल्ला अधिवेशनले राम्जालाई पुनहः अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा दिप्तीशिखा चौधरी, सचिवमा विमला घर्ती, सह–सचिवमा अमिता चौधरी र कोषाध्यक्षमा दीपक जिएम रहनुभएको छ ।

त्यसैगरी खुल्ला सदस्यमा टोपेन्द्र रोका, रोम थापा, सुशिला घर्ती, राप्रसाद चौधरी महिला सदस्यमा सरिता चौधरी डिला चौधरी चयन हुनुभएको छ । अधिवेशनले प्रतिनिधि र प्रदेश परिषद् सदस्य छनोट गरेको छ ।

Blog Post Ad Blog Post Ad