Ad Area

गंगटेको पीडा, न सडक न सिचाइँ


घोराही, १२ पुस ।

बाउ बाँजेहरु भैसी पाल्नका लागि पहाडी क्षेत्रबाट गंगटेमा झरे । उ बेला पढेलेखेका हुँदैन थिए गाइभैसी पाल्नको लागि गंगटेमा प्रसस्त घाँस पाइन्थ्यो, त्यसमाथी पनि मैदान थियो । पशुपालनका लागि आर्कषण बनेको थियो गंगटे । सल्यानवाट झरेका लाल बहादुर वलीका अनुसार २०२२÷०२३ सालमा सल्यान लगाएतका पहाडी क्षेत्रवाट पशुपालनका लागि आउनेको लर्काेनै लाग्दथ्यो । बिस्तारै बस्तीहरु बाँक्लिदै गयो । २००९ सालमा  जन्मिएका वली अहिले ६९ वर्ष भैसकेका छन् । यो विचमा उनकै अगाडी धेरै परिवारहरु बसाइसराइ गरी आएका छन् । पहिले बसाइँ सराइँ गरी आएकाहरु सुगमको सुख खोज्न शहर पसेका छन् ।

बस्ती बस्न थालेको थुप्रै समय भएपछि परिवर्तन भने नभएको लालबहादुरको गुनासो छ । “खासगरी सडक, सिचाइँ, खानेपानीको सुविधा छैन्” उनले भने । स्वास्थ्य चौकी छ, तर स्वास्थ्य चौकीको सेवाले जटिल प्रकारका विरामीहरुको उपचार धान्दैन्, कोही अचानक विरामी भए, हस्पिटल पु¥याउनै समस्या हुन्छ” । “धेरै बर्ष पहिले मेरी जहान विरामी भइन्, उनलाई उपचारका लागि हापुरे पु¥याउनुपर्ने भयो, । “फोन थिएन, गाडी थिएनन्, घोडाको भाडा महंगो थियो, हाल्न सकिन” । उनलाई मान्छे लगाएर बोकेरै हापुरे लगियो । “आउँदा कोही थिएनन् आफैले बोकेर ल्याए, दुई दिन लाग्यो, जहान र भेडालाई बोकेर लिएको हुँ” । अहिले दुई वटा जिप आउछन्, ढाई सय रुपैँया यातायात भाडा छ, वलीले भने । हापुरेवाट गंगटे पुग्न थुप्रै खोलाहरु तर्नुपर्छ, सडक बनेका छैनन्, पुल बनेका छैनन्, जसका कारण बर्षातमा यातायात ठप्पै हुन्छन् । हापुरे गंगटेको सम्बन्ध बर्षामा टुट्छ ।

गंगटेमा बस्ती त बस्यो तर उत्पादन हुदैँन्, धान खेती हुँदैन । मकै लगाएत बर्षे बाली बडेलले सखाप बनाइदिन्छ, गहुँले महिना दिन धान्दैन् । जमिन जग्गा प्रसस्त भएपनि उत्पादनको हिसावले भने शुन्य जस्तै छ । ७० वर्षका मान बहादुर गुरुङका अनुसार सिचाइँ सुविधा भए, तरकारी लगाएतका कृषि उत्पादन हुन्थ्यो । अहिले सिचाइँ पनि छैन्, उत्पादन पनि छैन्, । बर्षभरी खानपुगेको थाहाँ छैन् । “गंगटेका अधिकांस युवाहरु रोजगारीका लागि कोही काठमाडौँ इट्टाभट्टामा काम गर्न भएका छन्, भने कोही भारत पसेका छन्”मान बहादुरले भने । बाउबाजेको पालामा बस्ती बसेको क्षेत्रमा पुरै जंगल थियो । विस्तारै मानव बस्तीका रुपमा विकास हुँदै गएको हो ।

पहिले बजारमा किनमेलका लागि हिडेरै हापुरे जाने आउने गरिन्थ्यो, तर अहिले जिप सम्म लाग्ने गरेको छ, तर समस्या भने उस्ताउस्तै छन् । हापुरे देखि २६ किलोमिटर पश्चिम गंगटे बबई गाउँपालिका एक नम्बर वडामा पर्दछ । दुरीका हिसावले नजिक भएपनि गंगटे पुग्न हापुरेवाट दुई घण्टा बढी लाग्छ । गंगटेको विकासका लागि स्थानिय सरकार लागेको छ । केही समय अगाडी फोन नलाग्ने गंगटेमा नेपाल टेलिकमको टावर स्थापना गरियो । केही दिन अगाडी बिजुली बत्ति पुगेको छ । विद्युत कार्यालयको ढाई करोड तथा बबई गाउँपालिकाको ६७ लाख रुपैँयाको बजेटमा उज्यालो बनाउने काम गरिएको हो । त्यहाँ सम्म सडक पु¥याउनका लागि पालिकाले पहल थालेको छ । रुख कटानको विषयले विवाद लिदाँ केही समय सडक निर्माणको काम रोकिएको थियो । तर सडक बनाउन आफुले कुनै कसर नछोड्ने बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । गंगटे सम्म पुगेको सडकलाई कर्णाली संग जोड्ने योजना बनाईएको छ । गंगटेलाई कर्णाली संग जोड्दा त्यहाँको विकास हुने अपेक्षा लिइएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad