Ad Area

उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन


दाङ १३, पुस । नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा साविक विजेता समेत रहेको नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो ।

दोस्रो सेटमा उज्वेकिस्तान २५-२४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५-१५ ले जित्यो । चौंथो सेट उज्वेकिस्तानले २५-२२ ले जित्दै खेल २-२ को अवस्थामा पुर्राए । त्यसपछि पाँचौं सेटमा नेपालले १५-१० ले आफ्नो बनाउँदै उपाधि रक्षा गरेको हो ।

यससँगै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो । यस्तै सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad