Ad Area

तुलसीपुर खानेपानीको अध्यक्षमा भण्डारी


घोराही, १८ पुस ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा यमकान्त भण्डारी विजयी भएका छन् । गठबन्धनबाट उम्मेद्वार बनेका भण्डारी एक हजार ९ सय ८६ मतका साथ बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी पवनराज बुढाथोकीले एक हजार ७ सय ६७ र दिपककुमार धितालले दुई सय ६४ मत ल्याएका थिए ।

त्यस्तै उपाध्यक्षमा सीताराम शर्मा विजयी भएका छन् । उनले दुई हजार २ सय ७२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गिरिधारी पौडेलले एक हजार ४ सय ८५ र पूर्णप्रसाद धितालले ७१ मत ल्याएका छन् ।

सचिवमा सेवकराम भण्डारीले दुई हजार ८ सय ३८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी दामोदर लामिछानेले ६ सय ८४ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा भोलाप्रसाद थापा विजयी भएका छन् । उनले एक हजार ७ सय २ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भद्रबहादुर वलीले १ हजार ५ सय १६, मेघराज न्यौपानेले, ३ सय ४, कर्णबहादुर वलीले ८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै सदस्य पदमा लक्ष्मण केसी र पदमबहादुर खड्का विजयी भएका छन् । केसीले २४६४ मत प्राप्त गरेका छन्, भने खड्काले २०७८ मत प्राप्त गरेका छन् । पराजित शोबिन्द्र चन्दले १३११ मत प्राप्त गरेका छन् । संस्थाको कुल मतदाता संख्या ७ हजार चार सय ६७ रहेकोमा ४ हजार ४ सय ५ मत खसेको थियो ।

Blog Post Ad Blog Post Ad