Ad Area

निजामती कर्मचारी युनियन दाङको अध्यक्षमा अधिकारी


दाङ,१८ पुस । नेपाल निजामती कर्मचारी युनियन दाङको अध्यक्षमा श्रीधर अधिकारी निर्वाचित भएका छन् । घोराहीमा भएको युनियनको आठौं जिल्ला अधिबेशनबाट अधिकारी जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन ।

त्यसैगरी अधिवेशनबाट जिल्ला महिला उपाध्यक्षमा गायत्रीकुमारी थापा, कोषाध्यक्षमा खुमानसिंङ खडका, सचिवमा बिरबहादुर राम्जा पुन निर्वाचित भएका छन् ।  खुला जिल्ला सदस्यहरुमा माधब देबकोटा, खेम चौधरी, रुद्रमणी खरेल, बासुदेब खनाल, महिला सदस्यमा सानु थापा, समाबेशी सदस्यमा लोकराज भण्डारी र रामसिंह चौधरी निर्बिरोध निर्बाचित भएका छन् ।

तर खुल्ला उपाध्यक्ष, समावेशी उपाध्यक्ष र सहसचिवमा पदमा सर्वसहमति हुन नसकेपछि निर्वाचन हुने भएको छ । खुल्ला उपाध्यमा शरद घिमिरे, मुक्ति भट्राई, बिजयराज जोशी र डिल्लीराज आचार्य, समावेशी उपाध्यक्षमा कृष्ण भण्डारी र जयनारायण भण्डारी र सहसचिवमा विशाल वली र प्रदिप योगीको उम्मेदवारी परेको छ । बाँकी पदका लागि यहि पुसको २४ गते हुने निर्वाचनबाट खुल्ला उपाध्यक्षमा, समावेशी उपाध्यक्ष र सहसचिव पदमा एक÷एक जना निर्वाचित हुनेछन् ।

मधिवेशन प्रतिनिधिमा बामदेव शर्मा, रेश्मीराज अधिकारी, ओमप्रकाश बस्नेत, प्रेमप्रकाश खड्का, बसन्त केसी, बिनोद दाहाल, यमनारायण सापकोटा, तुलसीराम बस्याल, अनन्तबहादुर डाँगी, पृथ्वीराज लामिछाने, रुपलाल पाण्डेय र रामबहादुर खड्काको उम्मेदवारी परेको छ भने एक महिला प्रतिनिधिका लागि गीता आचार्य र सरस्वती रेग्मीले उम्मेदवारी दिएका छन् । निर्वाचनबाट एक महिला प्रतिनिधिसहित दाङबाट पाँच जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

Blog Post Ad Blog Post Ad