Ad Area

नेपाल मानव अधिकार संगठन दाङको अध्यक्षमा शर्मा पुनः चयन


घोराही १८, पुस । नेपाल मानव अधिकार संगठन जिल्ला कार्य समिति दाङको नयाँ नेतृत्वमा ऋषिराम शर्मा पुनः चयन भएका छन् ।

आईतबार घोराहीमा सम्पन्न संगठनको ११ औँ अधिवेशनले शर्माको नेतृत्वमा आगामी ३ वर्षे कार्यकालका लागि १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपसभापतिमा नरेशजंग राणा, सचिवमा रामकुमार पौड्याल, कोषाध्यक्षमा बसन्ता गिरी, सहसचिवमा गोपाल रावत चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा पदम बुढाथोकी, तेजबिक्रम रावत, माधव देवकोटा, रेश्मीराज पाण्डे, मोहन पुरी, भीमबहादुर अधिकारी, शोभा पौडेल, अनिलकुमार अधिकारी, नारायणप्रसाद भट्टराई, श्यामप्रकाश आचार्य र शान्ता घिमिरे चयन भएका छन् । यसैगरी, संगठनका लागि ३ सदस्यीय सल्लाहकार कमिटी पनि गठन गरिएको छ । जसमा जयानन्द शर्मा, बिमला योगी र भुपाल गिरी चयन भए ।

संगठनका अध्यक्ष ऋषिराम शर्माको अध्यक्षता तथा संगठनका केन्द्रीय सदस्य जयानन्द शर्मा प्रमुख आतिथ्य एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको विशिष्ट आतिथ्यमा अधिवेशन भएको हो । सो अवसरमा प्रमुख अतिथि शर्माले मानवअधिकारको सवालमा अहिले थुप्रै प्रश्न उब्जिएकाले निष्पक्ष ढंगले संस्थागत पहल गर्न सबै जिम्मेवार ढंगले लाग्नु पर्ने बताए ।

उनले मानवअधिकार हरेक नागरिकको नैसर्गिक अधिकार अन्तर्गत पर्ने भएपनि उनीहरुको दायित्व र जिम्मेवारी पनि स्थापित गराउन लाग्नु पर्नेमा जोड दिए । यस्तै, प्रमुख जिल्ला अधिकारी रेग्मीले जिल्लाका हरेक नागरिकहरुको मानवअधिकार प्राप्तिका लागि आफुले सक्दो प्रयास जारी राखेको बताए । आफुले थालेको सुशासन, पारदर्शिता र विधिको शासन स्थापनाको अभियानमा सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, घोराही खानेपानी तथा सरसफाई संस्थाका उपाध्यक्ष भरतमणि पाण्डेयलगायतले बोलेका थिए । सो अवसरमा कोषाध्यक्ष सुनिल देवकोटा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संगठनकी उपसभापति बिमला योगीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव रामकुमार पौड्यालले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad