Ad Area

पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम एमाले छाडेर कांग्रेसमा


अर्घाखाँची,१९ पुस । अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश गरेकी छिन् । एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम सोमबार दुर्गाफाँटमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेकी हुन् ।

उनलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा अन्य पार्टीका नेता कार्यकर्ता पनि प्रवेश गरेको अर्घाखाँची कांग्रेसले जनाएको छ । गौतमसहित करिब १५० जना एमाले र माओवादी छाडेर कांग्रेस प्रवेश गरेको कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले बताए । लामो समय एमालेको राजनीतिमा सक्रिय सही जिल्ला सदस्यसमेत भएकी लक्ष्मी गौतम स्थानीय तहको निर्वाचनमा शिक्षकबाट राजीनामा दिएर एमालेबाट गाउँपालिका उपाध्यक्षमा विजयी भएकी हुन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका अच्युत गौतम र उपाध्यक्षमा लक्ष्मी विजयी भएका थिए । ‘मेरो विगतको पृष्ठभूमि एमाले भएपनि कम्युनिस्ट पार्टीमा विचलन आएकाले म कांग्रेसमा प्रवेश गरेकी हुँ,’ उनले भनिन् । कार्यक्रममा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र सञ्जय गौतमलगायतका नेता उपस्थित थिए ।

Blog Post Ad Blog Post Ad