Ad Area

गौतमको तेह्रौँ दिनको पुञ्यतिथिमा श्रद्धाञ्जलि सभा सम्पन्न


घोराही २०, पुस । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य शम्भु गौतमकी ममतामयी आमा मेनकादेवी गौतमको तेह्रौँ दिनको पुञ्यतिथिमा श्रद्धाञ्जलि सभा सम्पन्न गरिएको छ । नेकपा एमाले जिल्ला संगठन कमिटी दाङले सोमबार गौतम निवास घोराही १५ काठेकोलमा एक कार्यक्रम गरी श्रद्धाञ्जलि सभा गरेको हो । सो अवसरमा बोल्ने वक्ताहरुले स्वर्गीय गौतमले दाङको कम्युनिस्ट आन्दोलन उचाईमा पुर्याउन तथा सामाजिक र शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदानको स्मरण गरे ।
नेकपा एमाले जिल्ला अध्यक्ष टीकाराम खड्काको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं जिल्ला सह–ईन्चार्ज मेनका पोख्रेलको प्रमुख आतिथ्यमा गरिएको शोक सभामा स्वर्गीय गौतमले खेल्नु भएको भुमिकाकै कारण अहिलेका पुस्ताले कम्युनिस्ट भनेर गर्व गर्न पाएका उल्लेख गरिन् ।

सो अवसरमा प्रमुख अतिथि पोख्रेलले राजनीतिक, सामाजिक, सांस्कृतिक आन्दोलनमा लाग्न हौसलामात्रै नभई आन्दोलनमा लागेकाहरुलाई संरक्षण गर्ने तथा जोगाउने काममा पनि भुमिका खेल्न सफल व्यक्तित्वका रुपमा स्वर्गीय गौतम रहेको बताईन् । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेकपा एमाले अनुशासन आयोग सदस्य एवं लुम्बिनी प्रदेश सदस्य सरस्वती गौतमले पारिवारिक सम्बन्ध भएका कारण पनि स्वर्गीय गौतमसँग राजनीतिमा लाग्न आफुले धेरै हौसला प्रेरणा पाएको बताईन् । कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य दिनेहरुमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, सर्वाेदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, स्वर्गीय गौतमका भतिजा किशोरचन्द्र गौतम, प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डिसी, अखिल नेपाल महिला संघ दाङकी अध्यक्ष हुमा डिसी, थारु कल्याण कारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीलगायत रहेका थिए । शोकसभामा सहभागी सबैलाई गौतमका कान्छा छोरा सुन्दर गौतमले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । मेनकादेवी गौतमको पुस ७ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । सो श्रद्धाञ्जलि सभाको सहजीकरण एमाले दाङका सचिव मनोहर बुढाथोकीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad