Ad Area

नेकपा एमाले दाङको आज अधिवेशन हुँदै


घोराही २३, पुस । नेकपा एमाले दाङको आज शुक्रवार अधिवेशन हुँदैछ । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्दैछन् ।

अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट अधिवेशनको भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी अध्यक्ष ओलीले उद्घाटन गरेसँगै जिल्लाका अधिवेश औपचारिक रुपमा सुरुवात हुने छन् । दाङ जिल्लाको १३ औं अधिवेशन घोराहीको बहुउद्देश्यीय सभागृहमा हुने भएको हो । अधिवेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचित गर्नेछ ।

अधिवेशनबाट १२१ जना निर्वाचित हुने र १० मनोनित गरेर १३१ सदस्यीय जिल्ला कार्य समिति हुने एमाले दाङले जनाएको छ । जिल्ला नेतृत्व सर्वसमत चयन गर्ने एमाले दाङले जनाएको छ । अधिवेशन सम्पन्न गर्न एमाले दाङले विभिन्न उपसमिति गठन काम गरेको थियो । एमाले दाङका अनुसार अधिवेशनको लागि राजनीतिक प्रतिवेदन तयारी उपसमिती, साङ्गठनिक प्रतिवेदन तयारी उपसमिति, आर्थिक व्यवस्थापन उपसमिती, प्रतिनिधि व्यवस्थापन उपसमिती, स्वयं सेवक तथा मञ्च व्यवस्थापन, अतिथी सत्कार तथा आवास व्यवस्थापन, साँस्कृतिक र प्रचार प्रसार उपसमिती निर्माण गरेको थियो ।

अधिवेशनमा शुभकामना दिन पार्टी उपाध्यक्ष युवराज ज्ञवाली गृह जिल्ला दाङ आएका छन् । अधिवेशनलाई व्यवस्थित बनाउन ठुलो संख्यामा स्वयसेवक परिचालन समेत गरिएको छ । त्यसैगरेर घोराही बजार क्षेत्र सजाउने काम समेत भएको छ । अधिवेशनमा जिल्लाभरबाट १ हजार ४ सय ३७ जना सहभागि हुने छन् एमाले दाङले पुस १७ गते जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनौटको काम गरेको थियो ।

Blog Post Ad Blog Post Ad