Ad Area

नेकपा एमाले दाङको अध्यक्षतामा बस्नेत निर्विरोध निर्वाचित, छानिए १ सय २१ पदाधिकारी (सूचीसहित)


घोराही २४, पुस । नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मतमा निर्विरोध निर्वाचित भएका छन् । एमालेको १३ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा बस्नेतसहित १ सय २१ सदस्यीय जिल्ला कार्यसमिति पनि निर्विरोध निर्वाचित गरेको छ ।

गएराति अबेर सम्पन्न जिल्ला अधिवेशनको बन्द सत्रले सर्वसम्मतिमा आगामी ३ वर्षे कार्यकालका लागि पदाधिकारी चयन गरिएको नेकपा एमाले दाङले जनाएको छ ।

जसको उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हिरादेवी पुन निर्वाचित भएका छन् । सचिव बुढाथोकी र उपसचिव भुसाल बाहेक अन्य पदमा नयाँ अनुहार आएका छन् । पालिकास्तरबाट १० वटै पालिकाबाट भुगोलका आधारमा ५६ जना सदस्य पदमा नेतृत्व चयन गरिएको छ । यस्तै, समावेशी क्षेत्रका आधारमा दलित, थारु, मधेशी, आदिवासी जनजाति, मुस्लिम, अपांगता, महिला, पिछडिएको वर्ग अल्पसंख्यकबाट ३० जना सदस्य पदमा, खुला सदस्यमा सबै पालिकाबाट समेटिने गरी १९ जना र सदस्य तर्फ नै खुला क्षेत्र महिलामा ११ जना गरी १ सय २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरिएको एमाले जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए । कुल १ सय ३१ सदस्यीय जिल्ला कार्यसमिति रहने एमाले दाङमा बाँकी १० जना पछि मनोनित गरिने भएको छ ।

जिल्लाभरबाट कुल १४ सय ३७ प्रतिनिधि सहभागी अधिवेशनले पदाधिकारी चयन गरेको हो । यसैबीच, नव निर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराईएको छ । प्रमुख निर्वाचन अधिृकत दामोदर बस्नेतले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

घोराहीको बहुउद्देश्यीय सभागृहमा भएको जिल्ला अधिवेशन एमाले दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षता तथा एमाले उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको थियो ।

जिल्ला कार्यसमतिमा को को निर्वाचित भए सूची हेर्नुहोस् ।

Blog Post Ad

 

Blog Post Ad Blog Post Ad