Ad Area

दाङमा जारी जिल्ला फुटबल लिगको दोश्रो चरणका खेल आजबाट


घोराही २४, पुस । दाङमा जारी जिल्ला फुटबल लिगको दोश्रो चरणका खेल आज शनिबारबाट हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रम अनुसार दाङ फुटबल संघले पहिलो पटक आयोजना गरेको जिल्ला लिग फुटबलको दोस्रो चरण अन्तर्गतको लिगका खेलहरु आजबाट हुन लागेको जिल्ला महासचिव नरेन्द्र पुनले जानकारी दिए ।

यसअघि मंगलबार सम्पन्न पहिलो चरणको लिगको खेलका आधारमा दोश्रो चरणको लिग हुन लागेको उनले बताए । लिगको दोश्रो चरणको पहिलो दिनको खेलमा अपराजित रहेका ३ वटा क्लब र १ खेलमा हार व्यहोरेको नवलपुर फुटबल एकेडेमी आमने सामने हुँदैछन् । जारी लिगमा अपराजित रहेका ३ वटा क्बलहरु एसएसएफए तुलसीपुर, सक्सेस क्बल तुलसीपुर, युएनबीसी घोराही र एक खेलमा हार व्यहोरेको नवलपुर फुटबल एकेडेमी आमने सामने हुन लागेका हुन् ।

यी क्लब बीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । जारी लिगमा उत्कृष्ट खेल पस्किरहेको ४ वटै क्बलले अंक तालिकामा थप सुधार गर्न तथा खेलको लय कायम राख्न निकै मेहनत गरिरहेका छन् । दाङ जिल्ला फुटबल संघका महासचिव पुनका अनुसार दोश्रो चरणको पहिलो खेल आज दिउँसो १२ बजे हुने खेलमा युएनबीसी र एसएसएफए आमने सामने हुँदा दिउँसो २ बजेपछि हुने अर्को खेलमा सक्सेस क्लब तुलसीपुर र नवलपुर फुटबल एकेडेमी बीच प्रतिष्पर्धा हुँदैछ । लिगमा पहिलो चरणमा समान ४ खेल खेल्दै ३ वटा क्लबले १० अंक र नवलपुरले ९ अंक जोड्न सफल भएका छन् ।

यी क्लबहरुबीचको महाभिडन्तलाई हेर्न दर्शकहरु उल्लेख्य रुपमा उपस्थित हुने आँकलन गरिएको छ । हाल कोरोनाको जोखिम निकै बढेकाले खेल हेर्न आउने दर्शकले अनिवार्य स्वास्थय सावधानी अपनाउन अपिल गरिएको छ ।

यसअघि घोराही र तुलसीपुरमा खेलाइएको खेलहरु अब सबै घोराहीमै खेलाईने भएको दाङ जिल्ला फुटबल संघका उपाध्यक्ष बुद्धिराम पुनले बताए । जारी लिगको बाँकी रहेका २५ वटा खेल आगामी माघ ९ गतेसम्म घोराहीको भरतपुर खेल मैदानमा हुनेछ ।

जारी लिगबाट अंक तालिकाको पुछारमा पर्ने दुई क्लब रेलिगेशनमा जानेछन् । उनीहरुको स्थानमा यसअघि सम्पन्न जिल्ला फुटबल नकआउटबाट छनौट भएका ज्ञानज्योति इनोभेटिभ तुलसीपुर र घोराहीको बडहरा क्लबले लिगमा खेल्नेछन् । रेलिगेशनमा जानबाट बच्नका लागि अबका सबै खेल निकै महत्वपूर्ण ठानिएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad