Ad Area

१३६ युवा कांग्रेसमा प्रवेश


दाङ, २४ पुस । घोराही उपमहानगरपालिकाका युवाहरु ठूलो संख्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । घोराही उपमानगरपालिकाका १ सय ३६ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

शनिवार नेपाली कांग्रेस दाङले एक कार्यक्रमको आयोजना गरी युवाहरुलाई सदस्यता प्रदान गरेको हो । युवाहरु त्रिभुवन बर्तौला, त्रिशक्ति बर्तौला, संजोग श्रेष्ठ, अनिल सन्त्याल, चेतलाल कुवर र कृतन रेग्मीको नेतृत्वमा १ सय ३६ जना युवाहरु कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले बताए ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य राजु् खनाल, कांग्रेस दाङका पूर्व सचिव कमलकिशोर घिमिरे, निवर्तमान क्षेत्रीय सभापति भूपबहादुर डाँगी, महाधिवेशन प्रतिनिधि बद्रीकुमार खड्काले युवाहरुलाई स्वागत गरेका हुन् । कार्यक्रमको सहजीकरण जिल्ला सचिव योगीले गरेका थिए । पार्टी प्रवेश कार्यक्रमपूर्व युवाहरुको समूहले बजार परिक्रमा समेत गरेका थिए ।

Blog Post Ad Blog Post Ad