Ad Area

व्यावसायिक एकता अहिलेको आवश्यकता हो- अध्यक्ष बुढाथोकी


घोराही २४, पुस । गल्ला तथा किराना व्यवसायी समितिको बाह्रौ साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । समितिका अध्यक्ष उपेन्द्र खड्काको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

उद्योग वाणिज्य संघका अध्यक्ष बुढाथोकीले व्यवसायीहरुबीच एकता आवश्यक रहेको बताए । उनले व्यवसायीहरु बीचको एकता नै संस्थाको उन्नतिको आधार रहेको बताउँदै स्वस्थ प्रतिष्पर्धाबाट व्यापार व्यवसाय गर्न अपिल गरे । यस्तै, अहिले पनि विभिन्न झोलेपोकेहरुका कारण व्यवसायीहरुले समस्या भोगीरहेकाले उनीहरुलाई निश्चित स्थान वा विकल्प दिएर समाधानको बाटो रोज्ने काम भईरहेकोमा स्थानीय सरकारले पनि सघाउनु पर्ने बताए । उनले गल्ला व्यवासीहरुलाई नापतौलको समस्या विगतदेखिनै भएकाले सम्वद्ध निकायमा पटक पटक पहल भएकाले जसरी भएपनि समस्या समाधान हुनेमा संघ आशावादी रहेको बताए ।

सो अवसरमा समितिका संस्थापक अध्यक्ष एवं संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले व्यवसायीहरुले सरकारले जारी गर्ने नीति नियम बारे चासो राख्नुपर्ने बताए । सरकारको नीति नियमा रही व्यवसाय गर्नु हरेक व्यवसायीको कर्तव्य रहेको हुँदा जरिवानाबाट बच्न, मिस म्याच हुन नदिन तथा व्यावसायिक दायरामा रहन संघसँग निरन्तर जोडिन अपिल गरे ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेशकुमार श्रेष्ठ, दाङ जिल्ला उद्योग वाणिज्य संघका बस्तुगत समिति सदस्य माधव खनाल, मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी समिति अध्यक्ष दीपक पाण्डे, व्यवसायी अञ्जन पौडेल, समितिका सल्लाहकार मंगल गिरीलगायतले आआफ्नो भनाई राखेका थिए । समिति उपाध्यक्ष शिवलाल आचार्यको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव विनोदप्रसाद पाण्डेले गरेका थिए ।

पाण्डेको नेतृत्वमा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन

Blog Post Ad

सो अवसरमा आगामी ३ वर्षे कार्यकालका लागि विनोद पाण्डेको नेतृत्वमा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघसंग आवद्व बस्तुगत समिति गल्ला तथा किराना व्यवसायी समितिको उपाध्यक्षमा विष्णु सुवेदी, सचिवमा सुरज सुवेदी, सह- सचिवमा पदम प्रसाद भट्टराई, कोषाध्यक्षमा घनश्याम खनाललाई चयन गरिएको छ ।

यस्तै, सदस्यहरु हेमलाल आचार्य, मुक्तिराम खनाल, गोपाल खनाल, खिमराज बेल्बासे, खिमराज भण्डारी, तारा ओली, थानेश्वर बुढा, बसन्त गौतम, ईश्वरी आचार्य, कृष्ण चौधरीलाई चयन गरिएको छ । समितिको सल्लाहकारमा मङल गिरी, शिवलाल आचार्यलाई चयन गरिएको छ ।

Blog Post Ad Blog Post Ad