Ad Area

भरतपुर खानेपानीको १९ औं वार्षिक साधारण सभा सम्पन्न


घोराही २४, पुस । भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १९ औं वार्षिक साधारण सभा शनिवार घोराहीमा सम्पन्न भएको छ । घोराही –१५ का वडा अध्यक्ष रमेश पाण्डेले पानी मानिसको जीवनमा अत्यावश्यक वस्तु भएकाले यसको सबैले संरक्षण गर्नु पर्ने बताए । पानी विनाको जीवन कल्पना पनि गर्न नसकिने भएको हुँदा भरतपुर खानेपानीले सेवा क्षेत्र विस्तार गरेर पानी वितरण गरेको धन्यवाद दिए ।

सोही कार्यक्रममा घोराही उपमहानगरपालिका इन्जिनियर युवराज पौडेलले पानी वितरणको काममा भरतपुरले उपभोक्ताको धारामा दैनिक पानीको व्यवस्था गरेकोमा खुुशी व्यक्त गरे । सो अवसरमा घोराही खानेपानीका अध्यक्ष देवीबहादुर डिसी, उपभोक्ता कुमार बसन्त आचार्यले शुभकामना दिए । समितिका अध्यक्ष शंकर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष डोमाकान्त अधिकारीले आर्थिक प्रतिवेदन र सचिव यकेन्द्रबहादुर रानाले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले चौबिसै घण्टा खानेपानीको व्यवस्थापनलाई चुस्तदुरुस्त राख्न नयाँ योजनाका साथ अघि बढेको जनाएको छ । खानेपानी आपूर्तिका कोही कसैले अबका दिनमा दुख पाउनु पर्ने अवस्था नरहेको बताउँदै अध्यक्ष गौतमले संस्थाका तर्फले गुनासोरहित सेवा दिने संकल्पका साथ अघि बढेको बताए । समितिका उपाध्यक्ष जङ्गबहादुर जिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव यकेन्द्रबहादुर रानाले गरेका थिए ।

Blog Post Ad Blog Post Ad