Ad Area

दाङमा जारी जिल्ला लिगमा एसएसएफए शीर्ष स्थानमा, आज पनि दुई खेल हुँदै


घोराही २४, पुस । दाङमा जारी जिल्ला फुटबल लिगको दोश्रो चरणका खेल शनिबारबाट शुरुभएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रम अनुसार दाङ फुटबल संघले पहिलो पटक आयोजना गरेको जिल्ला लिग फुटबलको दोस्रो चरण अन्तर्गतको लिगका खेलहरु शनिबारबाट शुरु भएका दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुनले जानकारी दिए ।

लिगको दोश्रो चरणको पहिलो दिनको खेलमा अपराजित रहेको एसएसएफएले जीत हासिल गर्दा सक्सेस क्लब र नवलपुर फुटबल एकेडेमीले बराबरी खेल्दै अंक बाँडेका छन् । जारी लिगमा अपराजित रहेका ३ वटा क्बलहरु एसएसएफए तुलसीपुर, सक्सेस क्बल तुलसीपुर, युएनबीसी घोराही र एक खेलमा हार व्यहोरेको नवलपुर फुटबल एकेडेमी शनिबारको खेलमा प्रतिष्पर्धा गरेका हुन् ।

घोराहीको भरतपुर फुटबल मैदानमा जारी जिल्ला लिगको पहिलो खेलमा एसएसएफए तुलसीपुरले घोराहीको युएनबीसीलाई २–० ले पराजित गर्दै ३ अंक बटुलेको छ । यस्तै, एसएसएफए जारी लिगको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, शनिबारको खेलमा हार व्यहोरेको युएनबीसी १० अंकमा सिमित बनेको छ ।

दिउँसो भएको दोश्रो खेलमा निर्धारित ९० मिनेटमा तुलसीपुरको सक्सेस क्लब र घोराहीको नवलपुर फुटबल एकेडेमीले गोलरहित बराबरी खेलदै १–१ अंक बाँडेका छन् । हार हुनबाट जोगिएको नवलपुरले एक अंक प्राप्त गर्दै १० अंक बनाएको छ । उता, सक्सेसलाई नवलपुरसँगको बराबरीले अंक तालिकामा धक्का लागेको छ । यसअघि समान ४ खेलको अंक तालिकामा शीर्ष स्थानमा रहेको सक्सेसको अंक तालिकामा धक्का लागेको हो ।

जारी लिगमा उत्कृष्ट खेल पस्किरहेको क्बलले अंक तालिकामा थप सुधार गर्न तथा खेलको लय कायम राख्न निकै मेहनत गरिरहेका दाङ जिल्ला फुटबल संघका उपाध्यक्ष बुद्धिराम पुनले बताउनुभयो । जारी लिगमा जिल्लाभरका १० वटा क्लबबीच प्रतिष्पर्धा भईरहेको छ । यसअघि मंगलबार सम्पन्न पहिलो चरणको लिगको खेलका आधारमा दोश्रो चरणको लिग भईरहेको छ ।

जारी लिगको बाँकी रहेका २५ वटा खेल आगामी माघ ९ गतेसम्म घोराहीको भरतपुर खेल मैदानमा हुनेछ । जारी लिगबाट अंक तालिकाको पुछारमा पर्ने दुई क्लब रेलिगेशनमा जानेछन् । उनीहरुको स्थानमा यसअघि सम्पन्न जिल्ला फुटबल नकआउटबाट छनौट भएका ज्ञानज्योति इनोभेटिभ तुलसीपुर र घोराहीको बडहरा क्लबले लिगमा खेल्नेछन् । रेलिगेशनमा जानबाट बच्नका लागि अबका सबै खेल निकै महत्वपूर्ण ठानिएको छ ।

Blog Post Ad

अब लिग अन्तर्गत आज आईतबार पनि दुई खेल हुन लागेको छ ।  दिउँसो १२ बजे घोराहीको राप्ती क्बल र युनाईटेड एफसी तुलसीपुर बीच खेल हुनेछ भने २ बजेपछि लक्ष्य युथ क्बल र न्यू स्टार क्लबबीच खेल हुने भएको दाङ जिल्ला फुटबल संघले जनाएको छ ।

Blog Post Ad Blog Post Ad