Ad Area

सर्वोत्तम बहुउद्देश्यीय सहकारी राष्ट्र समृद्धिको आधार बन्दै


घोराही २५, पुस । सर्वाेत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यतामा शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीको सिद्धान्तलाई आत्मसात गर्दै अघि बढेको सर्वाेत्तमले अहिले शेयर सदस्य र सेवाग्राहीको मन जित्दै आफ्नो कामको दायरा बढाउँदै लगेकोमा खुशी व्यक्त गरेका छन् । युवाहरुको बाहुल्य रहेको संस्थाले सहकारी बजार संचालनदेखि वन वातावरण संरक्षण र जडीबुटी उत्पादनमा समाहित गर्नुका साथै यसबाट प्रत्यक्ष अप्रत्यक्ष धेरैले लाभ लिन पाएको बताए ।

संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा कुल ६१ लाख ६० हजार ७९१ कारोबार गरेकोमा ६ लाख ८८ हजार ६९४ रुपैयाँ मुनाफा कमाउन सफल भएको जानकारी गराइएको थियो । कार्यक्रममा प्रमुख अतिथि पाण्डेले सहकारीका माध्यमबाट आयआर्जनका क्षेत्रमा लाग्न प्रेरित गर्नुका साथै सहकार्यको माध्यमबाट राष्ट्रलाई सहकारीको माध्यमबाट ठूलो पुगेको बताए । अब सरकारको नीति पनि स्थानीय स्तरमा हुने काम र उत्पादन सहकारीको माध्यमबाट हुन सके प्रभावकारी हुने उनको भनाई थियो । खासगरी बहुउद्देश्यीय सहकारीहरुले आफ्नो नीति तथा कार्यक्रम अुनसार काम गर्न सकेको खण्डमा समाजमा धेरै राम्रा काम पनि हुन सक्छन् भन्ने उदाहरण सर्वोत्तम सहकारी बन्न सकेको उनले बताए ।

सो सहकारीले अबको नीति आफ्नो संस्थामा शेयर वृद्धि गर्ने, वचत तथा ऋण परियोजनालाई प्रभावकारी बनाउने, सहकारीको विषयमा नागरिक स्तरमा अभिमुखीकरणलाई निरन्तरता दिने लक्ष्य राखेको छ । यस्तै, संस्थामाफृत प्रवाह हुने सेवामा समान व्याजदर, ऋण अवधि, व्याजदरमा घट्दो क्रमा तिर्ने सुविधा, लचिलो किस्ताबन्दी, व्याज , जरिवानामा छुट, राजश्व छुटलगायतका कुरालाई पनि प्राथमिकतामा राखेको संस्थाका कोषाध्यक्ष गुरुप्रसाद खनाल आर्थिक प्रतिवेदन प्रस्तुतका क्रममा बताए । यसैगरी, लेखा सुपरीवेक्षण समिति संयोजक खिमराज खनालले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाल ५ सय ४४ शेयर सदस्य रहेकोमा अब चालु आर्थिक वर्षमा शेयर सदस्य संख्या ८०० पुर्याउने लक्ष्य रहेको बताए ।

सहकारी बजार परियोजनालाई अझ बिस्तार गर्न, सहकारी शिक्षा, तालिम र सूचना प्रणालीलाई प्रभावकारी बनाउन संस्था लागि परेको उनले जानकारी गराए । हाल २०७८ असारमसान्तसम्म ७८ लाख ९१ हजार ३०० शेयर पूँजी रहेको सर्वोत्तमको वचत निक्षेप १ करोड ३४ लाख ५४ हजार ५१४ रुपैयाँ रहेको छ । यस्तै, संस्थामार्फत ऋण लगानी २ करोड ४९ लाख १३ हजार १६३ रुपैयाँ रहेको सो अवसरमा उनले जानकारी गराए । सो अवसरमा सहकारी बजार परियोजनाका बारेमा संयोजक कमल थपलियाले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शुभकामना व्यक्त गर्दे विशिष्ठ अतिथी एवं बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्णप्रसाद गौतम, जिल्ला सहकारी संघ दाङका सदस्य कृष्णप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, ज्योतिपुञ्ज आमावि घोराहीका प्रिन्सिपल बुद्धीराज अधिकारी, राष्ट्रिय सहकारी बैंक लिमिटेड घोराही शाखा प्रमु्ख डिल्लीराज दाहाल, शेयर सदस्यहरु नरेन्द्र केसी, माधब चौधरी , शारदा शर्मा लगायतले सहकारीलाई उत्पादन र उद्यमशिलतासंग जोडेर अगाडि बढ्न आग्रह गरे ।

Blog Post Ad

यसैबीच, संस्थाले विभिन्न विधामा असल व्यवहार गर्ने सदस्यहरु तथा नियमित वचतकर्तालाई विशेष सम्मान गरेको छ । नियमित वचतकर्ताका रुपमा कुसुम गौतम शर्मालाई, असल ऋण कारोबार गर्ने शान्ता केसीलाई सम्मान गरिएको हो भने शेयर संख्या वृद्धि गर्ने सदस्यका रुपमा शालिकराम खनाललाई विशेष सम्मान गरिएको छ ।

यसैगरी, सहकारी बजारमा सबैभन्दा बढी कारोबार गर्ने १० जना सदस्यहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सुनकुमारी घर्ती, कमल थपलिया, नविनकुमार पाण्डे, दिनेश गौतम, ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय भरतपुर, सुनिता खड्का, पद्मा लम्साल, लोकेन्द्र बुढाथोकी, गिरीराज शर्मा, सरस्वता पार्धे रहेका छन् । उपाध्यक्ष शालिकराम खनालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव हेमराज शर्माले गरेका थिए ।

Blog Post Ad Blog Post Ad