Ad Area

डगर कृषि सहकारी संस्थाको दशौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न


दाड,२३, पुस । डगर कृषि सहकारी संस्था लिमिटेडको दशौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । घोराही १७ स्थित मुक्तकमलरी विकास मञ्चको कार्यालय परिसरमा शुक्रबार आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले सहकारीको माध्यमबाट ग्रामीण क्षेत्रका महिलाहरुमा वचत गर्ने र आयआर्जनमा संलग्न हुने काम पछिल्ला केही वर्षयता बढ्दै जाँदा आर्थिक सशक्तकीकरणमा सहयोग पुगेको बताए । सहकारीले महिलाहरुलाई आर्थिक तथा सामाजिक क्षेत्रमा लाग्न अग्रसर बनाएको भन्दै उनीहरुको व्यक्तित्व रुपान्तरणमा पनि टेवा पुगेको बताए ।

संस्थाकी अध्यक्ष अंगिता चौधरीको अध्यक्षता तथा जिल्ला सहकारी संघका सदस्य मिनराज घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित वार्षिक साधारणसभामा संस्थामा आवद्ध भई गरिएको राम्रा र सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै थप योजना भित्र्याएर अब उत्पादनमुलक काममा लाग्न अपिल गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि घिमिरेले उत्पादनमा हिजोका दिनबाट आवद्ध भएका महिला दिदीबहिनीहरुको जीवन स्तरमा केही सुधार आएपछि सोँचेजति परिवर्तन हुन नसक्नुमा योजना अनुसारको काम हुन नसक्नु कारक रहेको बताए । उनले भने, ‘तपाईहरुले गर्दै आएको कामलाई निर्वाहमुखी भन्दा वृहतरुपमा कृषि नियम बनाउनुपर्छ र अघि बढ्नुपर्छ ।’

संस्थागत विकास र व्यवस्थापनका लागि सहकारीको नीति नियममा चासो राख्नुपर्ने बताउँदै जानेमा थोरै मेहनत र लगानीले पनि धेरै आम्दानी र अवसर सिर्जना हुने बताए । सिपमुलक क्षेत्रमा लाग्न अपिल गर्दै परम्परागत सिपलाई प्रवद्र्धन गर्न संस्थागत रुपमा ढकिया बुन्ने तालिम, माहुरी पालनको तालिमका लागि वातावरण मिलाउने प्रतिवद्धता जनाए ।

उनले थपे, ‘जमानादेखि तपाईहरुले तरकारी बेचेकै हो, तर, अवस्था बदलिएन, अब स्तर सुधार्न लाग्नुपर्छ । तपाईंले बेचेको तरकारी बचेरै व्यापारी धनी भईसके, अब आफु कसरी आर्थिक लाभ लिने भन्ने सोँच बनाउनुपर्छ । यसका लागि सीप र क्षमतामा निखार ल्याउन जरुरी छ ।’
यसैगरी, मुक्तकमलरी विकास मञ्चका कानुनी सल्लाहकार फकला चौधरीले विश्वमा आर्थिक रुपान्तरणसँगै सामाजिक रुपान्तरणमा सहकारीले ठूलो भुमिका खेलेको बताए । नेपालमा पनि सहकारीको योगदान निकै ठूलो भएको अवगत गराउँदै सहकारीलाई देश विकासमा लगाउन आवश्यक रहेको चर्चा गरे ।

उनले मुक्तकमलरीहरु दमन शोषणबाट मुक्त भएपनि उनीहरुको न्यायित मुक्ति नमिलेको हुँदा पुनस्थापनामा सबैले ध्यान दिन जरुरी रहेको बताए । न्यायिक पुनस्थापनाका लागि मुक्त कमलरीहरु पनि सँगसँगै अघि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले सामाजिक, आर्थिक, न्यायिक क्षेत्रमा सहकारीको माध्यमबाट पुनस्थापनको पैरवी गर्नुपर्नेमा जोड दिए ।

Blog Post Ad

सो अवसरमा वडा नम्बर १७ का वडा सदस्य तुलप्रसाद घिमिरे, वडा नम्बर ४ कि वडा सदस्य रचना चौधरी, मुक्तकमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष शान्ति चौधरी, कार्यक्रम प्रवन्धक माधवराज चौधरी, मञ्जिता चौधरी, जिल्ला अध्यक्ष रमिता चौधरी, स्थानीय अध्यक्ष लिला चौधरीलगायतले शुभकामना व्यक्त गरेका थिए । उनीहरुले सहकारी सहकार्यबाट गरिने संस्था भएकाले संस्थाको समग्र विकासका लागि हरेकले आफ्नो तर्फबाट सक्रिय सहभागीता जनाउन अपिल गरे ।

सो अवसरमा आर्थिक प्रतिवेदन उपाध्यक्ष सुशीला चौधरीले तथा सविता चौधरीले सांगठनिक प्रतिवेन प्रस्तुत गरेकी थिईन् । एक घर एक सहकारी, एक घर एक सदस्य व्यापारी, एक घर एक सदस्य रोजगारी नारा तय गरेको संस्थाले २०६९ सालमा विधि विधानसहित मुक्तकमलरी विकास मञ्चको सहयोगमा दर्ता भइ संचालित सहकारी संस्था घोराही उपमहानगरपालिकाको वडा नम्बर २, ३, ४, १३, १४, १५, १६, १७ र १८ मा कार्यक्षेत्र विस्तार गरि कार्यक्रम संचालन गर्दै आएको छ ।

हाल ५१ लाख २४ हजार ४९० रुपैयाँ कुल कारोबार गरेको संस्थाले १ लाख ७२ हजार नगद वचत पनि गर्न सफल भएको छ । हाल सदस्य संख्या हाल २ सय ९६ रहेकोमा अब ५ सय सदस्य पुर्याउने लक्ष्य लिएको छ । मुक्त कमलरी विकास मञ्चले मुक्तकमलरी तथा विपन्न महिलाहरुको आर्थिक, सामाजिक सशक्तीकरणका लागि पैरवी गर्दै आएको छ । मञ्चले दाङमा ९ वटासहित अन्य जिल्लामा गरी ४३ वटा सहकारी संस्था दर्ता गरी संचालनमा ल्याएको छ । यसैबीच, संस्थाको नयाँ नेतृत्व पनि चयन गरिएको छ ।

Blog Post Ad Blog Post Ad