Ad Area

सुनचाँदीका गहना चोरीगर्ने दुई जना पक्राउ


घोराही, २६ पुस ।

सुनचाँदीका गहना चोरी गरेर फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका वडा नं. १ माथिल्लो भालुवाङका १८ बर्षका बसन्त खत्री र सोही ठाउँका २३ बर्षका खेमराज चौधरीलाई पक्राउ गरिएको हो ।

उनिहरुको साथवाट पाँच थान सुनको बाला, दुई वटा मंगलसुत्र, चार थान सुनको सोली, ६ सय चाँदिको सिक्का, ३९ हजार पाँच सय नगद रुपैँया, रेडमी कम्पनीको एक थान मोवाइल बरामद गरिएको छ । यही पुस २४ गते राती गंगादेवी क्षेत्रीको घरवाट सुनचाँदीका गरगहना चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय भालुवाङमा निवेदन परेको थियो ।

 

Blog Post Ad Blog Post Ad