Ad Area

बस दुर्घटना हुँदा १ शिशुको ज्यान गयो, ९ जना घाईते


दाङ २६, पुस । दाङमा आज बिहान भएको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज विहान करीव पौन ४ बजे पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ सिसहनियाँस्थित दोलाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार एक शिशुको मृत्युभएको छ भने अन्य ९ जना घाईते भएका छन् ।

उक्त दुर्घटनामा ९ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा भारत जिल्ला मोतीहारीका असिर आलकका छोरा नानु आलमको मत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

मृतक शिशुको शवलाई कोहलपुर मेडिकल कलेजको शव गृहमा राखिएको छ । बसमा सवार अन्य घाइते हुनेहरुमा पर्सा जिल्ला विरगञ्ज उपमहानगरपालिका १६ बस्ने वर्ष ३५ का रतन शाही, रौतहट जिल्ला पुर्वाह गाउँपालिका ६ बस्ने वर्ष ३४ का रामविनायक कुर्मी, भारत जिल्ला विहार बस्ने वर्ष ४० का सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत जिल्ला सिन्चु नगरपालिका ९ बस्ने वर्ष १७ का दिलबहादुर क्षेत्री रहेका छन् ।अन्य घाइतेहरुमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका १ बस्ने वर्ष ३८ का पुर्णप्रसाद पाण्डे, बाँके जिल्ला कोहलपुर नगरपालिका १८ बस्ने वर्ष ३५ की शान्ता वली, हुम्ला जिल्ला तातोपानी गाउँपालिका ७ बस्ने वर्ष ४५ का धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत सामान्य घाइते भएका छन् ।
दुर्घटनाभए लगत्तै पुगेका बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलसहितको टोलीले उनीहरुको उद्धार गरी लमही अस्पताल पुर्याएको थियो । घाइते सवैको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ । बसमा २० जना यात्रु सवार रहेका थिए । बस अनियन्त्रित भएर २० मिटर तल गएर पल्टिएको छ । बसका चालक प्रहरी नियन्त्रणमा छन् ।

Blog Post Ad Blog Post Ad