Ad Area

समन्वयको अभावमा अनुदान अव्यवस्थित


घोराही, २७ पुस । कृषि र पशुपालनको क्षेत्रमा सरकारी तवरवाट दिइने अनुदान लक्षित बर्ग सम्म पुग्न नसकेको पाइएको छ । व्यावसायिक रुपमा पशुपालन गर्ने तथा कृषि खेति गर्नेहरुले अनुदान नपाएको गुनासो गर्न थालेका छन् । सोमवार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले घोराहीमा आयोजना गरेको स्थानीयतहका प्राविधिकहरुसंगको अन्तर्रक्रिया तथा गोष्ठीका सहभागिहरुले अनुदानलाई व्यवस्थित हुन नसकेको गुनासो गरेका थिए ।

अनुदानका विषयमा आएको गुनासाहरु केही हदसम्म सही भएको भन्दै प्राविधिकहरुले यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औल्याएका थिए । कसैलाई पनि सरकारी अनुदान दिँदा कागजात र अनुगमन गरी प्रकृया पुरा गरेर मात्र दिइने गरेको भएकाले कतिपय काम नगर्ने तर अनुदान लग्ने गरेको पाइन्छ । कतिपयले अनुदान पाउनका लागि देखावटी रुपमा प्रकृया पु¥याउने गरेको उदाहरण भेटिने गरेका छन् ।

कार्यक्रममा सहभागी स्थानीयपालिका पशु शाखाका प्रमुख तथा प्रतिनिधिनिहरुले पालिका तथा प्रदेश अन्तर्रगतका पशु तथा कृषि कार्यालयका वीचमा समन्वय नहुँदा दोहोरो रुपमा अनुदान पाएको, लक्षित वर्गहरुले नपाएको, पहुँचवालाको दवाव आउने गरेको बताएका थिए ।

घोराही उपमहानगरपालिका पशु सेवा शाखाका प्रमुख खिमबहादुर बस्नेतले अनुदानका विषयमा कृषकहरु आफै सचेत हुन आवश्यक भएको बताए । ‘अनुदानमा लाग्नेहरुलाई केही गरि पनि रोक्न सकिदैँन, दोहोरो अनुदान पाएको तथ्यांक मेटाउनलाई उसले छोरो अथवा श्रीमतीको नाममा कृषि अथवा पशु फार्म दर्ता गरेको हुन्छ, यस्तो अवस्थालाई कसरी रोक्न सकिन्छ ?’उनले प्रश्न गरे ।

अनुदानको बजेटमा वडा कार्यालयवाट सिफारिस चाहिने भएकाले वडा बाटनै आफ्नाहरुलाई सिफारिस गरेर पठाउने उदाहरण भएको भन्दै यस्ता क्रियाकलापले अनुदानलाई व्यवस्थित गर्न चुनौती रहेको बताए । ‘अनुदान बाड्ने समयमा जान्नेबुझ्नेहरुबाटै दबाब आउने गरेको छ त्यसैले यसलाई व्यवस्थि तगर्नका लागि सवैका बीचमा सहकार्य आवश्यक हुन्छ ।’–उनले भने ।

कार्यक्रममा बोल्दै शान्तिनगर गाउँपालिका पशु सेवा शाखा प्रमुख अमर वलीले उत्पादनको प्रतिफलमा आधारित अनुदान बनाउन सके वास्तविक किसानले सेवा पाउने बताए । राप्ती गाउँपालिकाका शेर बहादुर हमालले सबैका अनुदान कार्यक्रम मिल्दो रहेको बताए । प्रदेश, स्थानीय तहका कार्यक्रमहरु मिल्दो रहेको हुँदा प्रदेशले कार्यक्रम पठाएपछि मात्र पालिकाले अनुदान कार्यक्रमको योजना बनाउने जानकारी गराए । समन्वयको अभावमा कृषि र पशु क्षेत्रका कार्यक्रमहरु एउटै खालका हुने भन्दै यसलाई पनि व्यवस्थित गर्न आबश्यक भएको बताए ।

Blog Post Ad

कार्यक्रममा अन्य सहभागीले अनुदान बजेटमा डुब्लिकेसन हुन नदिनका लागि तीन तहका सरकारकाबीचमा समन्वय हुन आवश्यक रहेको बताएका थिए । कृषकका लागि सरकारले दिएको अनुदान रकममा जनप्रतिनिधिले आफ्ना मान्छे पार्नका लागि दबाब दिने गरेको पनि उनिहरुको गुनासो थियो । कार्यक्रममा सहभागीले नीति, नियम र कार्यबिधिलाई पछ्याएर अनुदान रकम किसानलाई बितरण गर्नुपर्ने भएपनि जनप्रतिनिधिको दबाबका कारण वास्तविक किसान पुग्न नसकेको बताएका थिए ।
कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका निमित्त प्रमुख सुदाम भट र कार्यालयका अधिकृत कृष्ण न्यौपानेले जिल्लामा पशुपालनको अबस्था र आर्थिक वर्ष २०७८÷२०७९ का लागि बिनियोजन गरेको बजेटको बारेमा जानकारी गराएका थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका निमित्त प्रमुख सुदाम भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अधिकृत प्रेम चौधरीले गरेका थिए ।

 

Blog Post Ad Blog Post Ad