Ad Area

तरकारी खेतीबाट व्यावसायिक उद्यमी बनाउन तालिम


घोराही २७, पुस । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा कृषि उन्नतिशील परियोजना अन्तर्गत राजपुर गाउँपालिकाको विभिन्न स्थानमा तरकारी खेती तालिम सम्पन्न भएको छ ।

बढ्दो बेरोजगारीलाई न्यूनीकरणका साथै आर्थिक रुपमा महिलाहरुलाइ सशक्तीकरण गर्ने उद्देश्यले संस्थाले समुदाय केन्द्रित मौसमी तथा बेमौसमी तरकारी खेति तालीमको संचालन गर्दै आइरहेको छ । तालीममा व्यावसायिक उद्यमी कसरी बन्ने, बीउ बिजनको छनौट प्रक्रियादेखि बजार सम्म कहिले र कसरी जाने भन्ने प्रविधिको बारेमा जानकारी गराउने गरिएको संस्थाकी अध्यक्ष आशमानी चौधरीले जानकारी दिईन् ।

ग्रामीण महिला उत्थान केन्द्रले  प्रवर्द्धन गरेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजपुर शाखाद्वारा गठन भएका केन्द्र नम्बर २, ५३, ६३, ४६, ५६,४३ र ३९ समुहका ६८ जना सदस्यहरु तालीममा सहभागी भएका थिए । साथै सहभागीहरुलाई राजपुर गाउँपलिका मै रहेको रिदम कृषि फर्ममा लागि अवलोकन समेत गराइएको संस्थाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad