Ad Area

दुई दिने पशु स्वास्थ्य शिविर सञ्चालन


घोराही २७, पुस । घोराही उपमहानगरपालिका पशु स्वास्थ्य शाखाले दुई दिने पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० को आयोजना तथा पशु सेवा शाखा तथा पशु सेवा केन्द्र नरायणपुरको प्राविधिक सहयोगमा पशु स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

वडा नम्बर १० का वडा अध्यक्ष चित्रबहादुर डाँगीको अध्यक्षता तथा पशु सेवा शाखाका प्रमुख जीवराज पौडेलको प्रमुख आतिथ्यतामा भएको शिविरमा गाई गोरु २५ , भैसी र राँगा १ सय १७, वाख्रा ३ सय ९४ भेँडा ५३ बंगुर ९५, कुकुर पाँच, कुखुरा ५ सय ३८ गरि कुल १ हजार २ सय २७ पशुपंक्षीलाई सेवा प्रदान गरिएको शाखा प्रमुख पौडेलले जानकारी दिए ।

सोही वडाको लमडरुवा र उत्तर अमराईका किसानका पशुहरुलाई सेवा दिईएको हो । सो शिविरमा पशु चिकित्सकशरु डा. सुरज डाँगी, विधान पोख्रेल, सेवा केन्द्र प्रमुख हिमराज शर्मा र महेन्द्रप्रसाद चौधरीले सेवा प्रदान गरेको थिए ।

Blog Post Ad Blog Post Ad