Ad Area

सात बजेपछि होटल, रेष्टुरेन्ट संचालनमा रोक


घोराही २९, पुस । जिल्लामा कोरोनाको पछिल्लो अवस्थालाई लिएर बिहीबार दाङमा बेलुका सात बजेसम्म मात्रै होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाइने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा घोराहीमा बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढेको भन्दै यस्तो नियम जारी गरेको हो ।

माघी पर्वको अवसरमा आयोजना हुने सबै खाले मेलाहरू समेतमा रोक लगाइएको छ। त्यस्तै, राजनीतिक, सामाजिक र सांस्कृतिक भेलाहरू बन्द गरिएका छन् । सार्वजनिक स्थलमा २५ भन्दा बढी जमघट गर्न प्रतिबन्ध लगाएको छ। सार्वजनिक यातायात चढ्ने यात्रुलाई मास्क अनिवार्य गरिएको छ ।

त्यस्तै, माघ ७ गतेदेखि सार्वजनिक स्थलहरू, कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदि प्रवेशका लागि खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जसले खोप लगाउनेको संख्या अब स्वाभाविक रुपमा बढ्ने अनुमान गरिएको छ । केन्द्रको जस्तै माघ १५ गतेसम्म विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा रोक लगाइको छ ।

तर, जिल्लाका केही नीजि विद्यालयले आफु खुशी पठनपाठन जारी राखेका छन् भने माघको पहिलो साताबाटै भोतिक उपस्थितीमै कक्षा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरिसकेका छन् । घोराही उपमहानगरपालिकाले पनि माघ ९ गतेबाटै पठनपाठन सञ्चालन गर्न भनेको छ । औद्योगिक संस्था, पसल सञ्चालन गर्नेले अनिवार्य स्वास्थ्य मापदण्ड पालना खोल्न निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जारी गरेको सूचनामा उल्लेख छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad