Ad Area

प्रथम सल्युट गोर्खा फुटसल कपको उपाधि द लोटस ट्रेनिङ सेन्टरलाई


घोराही ३०, पुस । प्रथम सल्युट गोर्खा फुटसल कप–२०७८ को उपाधि द लोटस ट्रेनिङ सेन्टरले जितेको छ ।

सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालि क्षेत्रीय कार्यालय घोराहीको आयोजनामा भएको प्रतियोगिताको बिहीबार भएको फाइनल खेलमा आयोजक सल्युट गोर्खा टे«निङ सेन्टरको ‘ए’ समूहलाई ३–० गोल गर्दै द लोटस ट्रेनिङ सेन्टरको टिमले उपाधि हात पारेको हो ।

उपाधिसँगै लोटसको टिमले नगद दश हजार, मेडल, ट्रफि र प्रमाणपत्र जितेको छ । उपाविजेतामा चित्त बुझाएको आयोजक सल्युट गोर्खाको टिमले नगद चार हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताका बिजेतालाई दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठ, आयोजक सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालि क्षेत्रीय कार्यालय घोराहीका बालकृष्ण रावललगायतले पुरस्कार वितरण गरेका थिए । पुसको २५ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १२ वटा टिमको सहभागिता रहेको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad