Ad Area

बन्दुक विसाएर ढुंगा चलाउदै


घोराही । घोराहीको ज्यामिरे दह जस्तै शान्त छन्, ५० वर्षिय विरजंग पुन । डुंगाको मन्द गतिझै एकोहोरो कुदिरहेछ उनको जीवन । भन्छन् नी, ‘जीवनले जब गति लिन्छ, एउटा मन्द धुन पैदा गर्छ ।’

घोराही–१३ का विरजंग पुनले ज्यामिरे दहमा डुगां चलाउन थालेको तीन वर्ष भयो । दहमा विहान, साँझ ढुगां सवारका लागि थुपै्र मानीस आउँछन् । ढुगां सवारबाट प्रकृतिको रोमाञ्चक यात्राको अनुभती गराउनु नै अहिले उनको मुल कर्म बनेको छ । यस्तैमा वितेको छ, उनको दिनचर्या ।

२८ वर्षअघि उनको जीवन भने विलकुलै फरक थियो ।

जति बेला उनी नेपाली सेनामा थिए, मुलुकमा दशवर्षे जनयुद्ध चर्कदै थियो । बन्दुक र गोला बारुद बोेकेर जीवन दाउँमा बाकेर हिड्नुपर्ने । युद्धको धर्म थियो, कि मर्ने की मार्ने । संयोजक भनौ, मुलुकमा भएका दशवर्षे जनयुद्धमा उनी सकुसल फर्किए । ‘त्यती ठूलो युद्धबाट बचेर आइएछ ।’– विगत सम्झेर सुस्केरा काढ्छन् ।

नेपाली सेना १८ वर्ष, दुवईमा सेना १० वर्ष । यो २८ वर्षमा बन्दुकसँग उनको साथ छुटेन । अर्थात जीवनको १८ वर्ष गोला बारुदसँग पौठेजोरी गरे । ‘जनयुद्ध झेलियो । ठूला प्राकृतिक विपतमा उद्धारका लागि कहाँ–कहाँ पुगिन’– उनी भन्छन् – ‘अहिले बाचेको जीवन त बोनोस को जिन्दगीको हो ।’

सेनामा २८ वर्ष विताइसकेपछि रिटार्ड जीवन शुरुभयो । उनी घर फर्कनुभयो । तीन दशक सक्रिय जीवन बाचेपछि त्यसै केही नगरी घरमा बस्न उनको मनले दिएन । त्यसपछि उनले ब्राहकुने दहमा ढुंगा चलाउन शुरु गरे । भन्छन्, ‘पेन्सनले पनि घरव्यवहार चलिरहकै थियो,। खाली बस्न मन नमानेपछि दहमा डुगां चलाउन आइपुगे ।’
पानी र डुगांसँगको उनको सम्बन्ध नौलो भने होइन । नेपाली सेनामा रहदा उनी थुप्रै पटक विपतमा उद्धारमा खटिएका थिए । ‘विपदमा परेकाहरुलाई खोलामा धेरै पटक त्रिशुलीमा बगेका, हराएकाहरुको उद्धार गरेको छु’ विगतको स्मरण गर्दै भन्छन्, ‘त्यही बखत डुंगा चलाउने सिके ।’

Blog Post Ad

अहिले ज्यामिरे दहमा उनीसँगै तीन जनाले डुंगा चलाउछन्, आलोपालो । तीनै जानाको संयुक्त रुपमा वर्षिक दुई लाखमा पोखरी ठेक्कमा लिएका छन् ।

ज्यामिरे दह : रमणीय ताल

करिब १२ बिगाहा क्षेत्रफलमा फैलिएको यो ताल, रमणीय छ । त्यहाँ घुमफिर र बोटिङको आकर्षण छ । खासगरी घुम्न आउने नयाँ युवापुस्तका लागि गज्जवको गन्तव्य बनेको छ, ज्यामिरे दह ।

‘प्राकृतिक वन–जंगलको बीचमा रहेकाले यहाँ आउँदा सबैले शान्तिको महसुस गर्छन्’ उनी भन्छन्, ‘दहमा आउन जोहोकीलाई मन लोभ्याछ ।’
बाह्रकुने दहदेखि ज्यामिरे जोड्नलाई डिभिजन वन कार्यालयले पैदल ट्रेकिङका लागि रेलिङसँगै सिढी निर्माणको कामलाई अघि बढाएको छ । यसले दह पुग्न चाहनेका लागि सहज भएको छ ।

Blog Post Ad Blog Post Ad