Ad Area

प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री


दाङ, ११ असोज ।

बैंक अफ काठमाडौ घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सोमवार प्रतिष्ठानमा पुगेर सामाग्री हस्तान्तरण गरिएको हो । प्रतिष्ठानकी उप–कुलपति प्रा डा संगिता भण्डारीलाई बैंकका घोराही शाखा प्रवन्धक नरेश बास्कोटा उपाध्यायले सामाग्री दिनुभएको हो ।

बैंकले पि.पी.इ एक सय थान, मास्क एक सय प्याकेट, स्यानिटाइजर ३० लिटर र ग्लोब्स १ सय प्याकेट प्रदान गरिएको शाखा प्रमुख बास्कोटाले जानकारी दिए । कोभिड १९ को संक्रमण रोक्न सहयोग पुगोस भन्ने उद्देश्यले संस्थागत दायित्व अन्तर्रगत स्वास्थ्य सामाग्री सहयोग गरिएको उनले बताए ।

Blog Post Ad Blog Post Ad