Ad Area

कांग्रेस घोराहीले दशै मिलन कार्यक्रम गर्ने


दाङ,१२ असोज। नेपाली कांग्रेस घोराही उपमहानगरपालिका नगर कार्यसमितिले दशै मिलन कार्यक्रम गर्ने भएको छ ।

नगर सभापति तिलक रावतको अध्यक्षतामा बसेको पहिलो बैठकले नेपालीहरुको पर्व दशै अगाडी घोराहीमा दशै मिलन कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले संगठनले गरेको गतिविधिहरु जनतालाई जानकारी गराउने उद्देश्य स्वरुप नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको फेसबुक पेज समेत सञ्चालन गर्ने निर्णय गरेको नगर सचिव पुष्पराज आचार्यले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालको उपयोग गर्दै पार्टी संरचनाका गतिविधिहरु जनता समक्ष ल्याउनका लागि पेजको आवश्यक परेको बताए । साथै बैठकले निर्वाचन सफल बनाउनका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण मतदाता, निर्वाचन समिति,पत्रकार, सुरक्षाकर्मीलगायत पार्टीका नेता तथा कार्यकर्ता एव शुभचिन्तकहरुलाई धन्यावाद ज्ञापन समेत गरेको छ ।

Blog Post Ad Blog Post Ad