Ad Area

समयैमा स्थानीयतहको चुनाव गर : मुक्ति समाज


दाङ,३ माघ । नेपाल उत्पीडित जातीय मुक्ति समाज दाङले स्थानीय तहको निर्वाचन संवैधानिक प्रावधान अनुसार निर्धारित समयमा घोषणा गर्न सरकारसँग माग गरेको छ । स्थानीय तह निर्वाचन ऐन २०७४’ अनुसार वैशाखमा स्थानीय तहको निर्वाचन गर्न पर्छ । तर अझै सरकारले चुनावको मिति घोषणा गरेको छैन ।

समाजले सोमवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयमा पठाएको ज्ञापनपत्रमा सवैधानिक प्रावधान अनुसार तत्तकाल निर्वाचन घोषणा गर्न सरकारसँग माग गरिएको उल्लेख गरिएको छ । संघले केन्दीय कायक्रम अनुसार देशभरका जिल्ला प्रशासनमार्फत सरकारलाई ध्यानाकर्षण पत्र पठाएको समाजका जिल्ला अध्यक्ष चुर्ण नेपालीले बताए । उनका अनुसार ज्ञापनपत्रमा समता मुलक समाज निर्माण गर्न, प्रदेश र स्थानीयतहमा एकिकृत दलित सशक्तिकरण ऐन निर्माण गर्न माग गरिएको छ ।

त्यसैगरेर कोरोना संक्रमणको तेस्रो लहरको संक्रमण उच्च भैराखेको भन्दै प्रयाप्त मात्रामा भ्याक्सीन र स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न माग गरेको छ । त्यसैगरेर भष्टचार, महंगी, बजेट घाटा, आर्थिक दुरुप्रयोग नियन्त्रण गर्न लाएतका विभिन्न माग राखेर ज्ञापनपत्र पठाएको अध्यक्ष नेपालीले बताए । ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई बुझाएको उनले वताए ।

अध्यक्ष नेपालीको नेतृत्वमा गएको टोलीमा समाजका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, लिला विक, निर्मला विक, लालबहादुर नेपाली, शंकर नेपाली, उमेश नेपाली, राजुु परियार, सन्तोष परियार र जगदिश नेपालीको सहभागिता थियो ।

Blog Post Ad Blog Post Ad