Ad Area

बालबालिकाद्धारा मास्क वितरणसँगै सचेतना


दाङ, ३ माघ । कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएको अवस्थामा बालबालिकाहरुले मास्क वितरणसँगै सचेतना कार्यक्रम सम्पन्न गरेका छन् । ‘‘मास्क लगाऔँ भौतिक दुरी अपनाऔँ, सचेत रहौँ, कोरोनाबाट बचौँ र बचाऔ’’ भन्ने नाराका साथ सर्वोदय बाल क्लवले सोमबार मास्क वितरण र सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

बाल क्लवमा अध्यक्ष श्रीज्वल योगी, घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डे, सर्वोदय पुस्तकालय तथा बाचनालयका अध्यक्ष सुशील गौतम, दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायन भुसाल, स्थानीय व्यवसायी मानबहादुर शेर्पाईली, नगरस्तरीय बाल सञ्जालका अध्यक्ष लक्ष्मी श्रेष्ठ, टोलका अध्यक्ष चित्रकान्त आचार्य, स्थानीय नवीन श्रेष्ठलगायतको उपस्थितीमा कार्यक्रम गरिएको हो ।

बालबालिका, सरोकारवाला निकाय र समुदाय प्रहरी साझेदारीको टोलीले घोराहीको निमाहल रोड, हस्पिटल रोड हुदै ट्राफिक चोक, विपी चोक, रझेना चोकसम्म पुगेर पुनः निमाहल रोडमा पुगेर सचेतना अभियान सम्पन्न गरिएको थियो ।

बजार परिक्रमा गर्दा अधिकांशले मास्कको प्रयोग नगरेको पाईएको थियो । मास्क लगाउनु पर्छ भन्ने ज्ञान भएपनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न भने नागरिकको अटेरी देखिने गरेको छ । कार्यक्रममा सहभागी सबैलाई क्लवमा सहसचिव श्रवन नेपालीले धन्यवाद ज्ञापन गरेका थिए ।

Blog Post Ad Blog Post Ad