Ad Area

एसइई परीक्षा आगामी वैशाखमा सञ्चालन हुने


दाङ ४, माघ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आगामी वैशाखमा सञ्चालन हुने जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले चैतसम्म पढाई हुने र भौतिक उपस्थितिमै बैशाखमा परीक्षा हुने बताए ।

शर्माले एसइई परीक्षा खारेज हुने भनी आएका हल्लाको पछि नलाग्न पनि आग्रह गरे । उनका अनुसार चैतमा परीक्षा गर्ने बोर्डको तयारी थियो तर कोरोना कारण कोर्ष नसकिने भएपछि वैशाखमा सारिएको हो ।

सरकारले २०७८ सालको शैक्षिक असार १ गते सुरु भई चैत मसान्तसम्म कायम गरेको छ । शैक्षिक सत्र मिलान गर्नकै लागि वैशाखमा परीक्षा लिने तयारी गरेको अध्यक्ष शर्माको भनाइ छ । उनका अनुसार यस वर्ष करिब पाँच लाख परीक्षार्थीले एसइई परीक्षाका लागि फाराम भरेका छन् ।

Blog Post Ad Blog Post Ad