Ad Area

सबैभन्दा बढी कोरोनाको चाप माघ तेस्रो साता


दाङ ४, माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण अबको एक सातामा उचाइमा पुग्ने प्रक्षेपण गरेको छ । मन्त्रालयको प्रक्षेपण अनुसार माघ दोस्रो साता अर्थात् अबको एक सातापछि दैनिक संक्रमण पुष्टि हुनेको संख्या उच्च हुनेछ । अबको एक महिना नेपाललाई कठिन हुने मन्त्रालयले जनाएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले त्यति बेला दैनिक २० हजार हाराहारीमा संक्रमण पुष्टि हुने बताए । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले यस्तो बताए ।

उनका अनुसार उक्त समयमा लक्षणसहितको संक्रमित करिब १० हजार हुनेछन् भने एक हजार बढीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ । यस्तै, मन्त्रालयको प्रक्षेपण अनुसार अस्पतालमा सबैभन्दा बढी चाप माघ तेस्रो साता हुनेछ । त्यो बेला अस्पतालमा उपचाररत संक्रमितको संख्या झन्डै १४ हजारसम्म पुग्न सक्ने आँकलन गरिएको छ ।

Blog Post Ad Blog Post Ad