Ad Area

लैङ्गिक हिंसा विरुद्ध दुई दिने तालिम शुरु


दाङ ,६ माघ । घोराही उपमहानगरपालिका वडा– १४ को सहयोग र पत्रकार महिला मंचको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम विहीवारदेखि घोराहीमा शुरु भएको छ ।

मञ्चका अध्यक्ष लक्ष्मी आचार्यको अध्यक्षता एवम वडा न १४ का अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष डाँगीले मानिसले आफुले थाहा नपायर पनि हिसा गरिरहेको भन्दै हिंसा सहेर बस्न नहुने बताए । कार्यक्रममा पत्रकार महासङ दाङका अध्यक्ष दुर्गालाल केसीले घरपरिवार जिम्मेवार भए मात्रै पारिवारिक वातावरण राम्रो हुने बताए ।

टोलका अगुवा नागरिक सचेत हुने हो भने समाज रुपान्तरण गर्न सजिलो हुने उनले बताए । सो अबसरमा १४ न वडाका सदस्य गुलाम रसुल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा उपाध्यक्ष सुशीला आचार्यले स्वागत गरेको कार्यक्रमको सहजीकरण सहसचिव रञ्जिता शर्माले गरेकी थिइन । १४ नं. वडा भित्रका टोलका अगुवा महिला पुरुषको सहभागीता रहेको तालिम दुईदिनसम्म चल्ने छ ।

Blog Post Ad Blog Post Ad