Ad Area

घोराहीमा अत्याधुनिक प्रविधिसहित हिमाल डेन्टल केयर सञ्चालनमा


दाङ,७ माघ । घोराहीमा दन्त रोग सम्वन्धी सेवा दिने उद्देश्यले हिमाल डेन्टल केयर सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका–१५ क्याम्पस रोडस्थीत बुद्ध हस्पिटल नजिकै करिव २० लाख बढीको लागतमा हिमाल डेन्टल केयर सञ्चालनमा आएको हो ।

चितवन, दाङलगायतका विभिन्न स्थानमा लामो समय काम गरेर अनुभव प्राप्त गरेका डेन्टल सर्जन डा.मधुसूदन शर्माले अत्याधुनिक प्रविधि प्रयोग गरी दन्त सेवा दिने उद्देश्यले हिमाल डेन्टल केयर सञ्चालनमा ल्याएका हुन । उनले डेन्टल केयरमा विशेषज्ञ डक्टरबाट दाँत, गिजा तथा मुखको सम्पूर्ण उपचार गरिने बताए ।

‘घोराहीमा अत्याधुनिक प्रविधिसहित दाँत, गिजा तथा मुखको सम्पूर्ण उपचार गर्ने गरि हिमाल डेन्टल केयर सञ्चालनमा ल्याएका छौ’,सञ्चालक शर्माले भने,‘यहाँ बिरामीले अनुभवी दन्त चिकित्सकसँग सुलभ मुल्यमा स्तरिय सेवा पाउनेछन् ।’ उनले डेन्टल केयर शुभारम्भको अवसर पारेर माघ र फागुन महिनामा हरेक सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरेको समेत जानकारी दिए ।

डेन्टल केयरको शुक्रवार एक कार्यक्रमकाविच दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले उद्घाटन गरेका हुन । कार्यक्रममा पमुख अतिथि बुढाथोकीले अत्याधुनिक प्रविधिसहित घोराहीमा सेवा प्रारम्भ भएको हिमाल डेन्टल केयरले जनतालाई सुलभ र स्तरिय दन्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसाल, संघका बाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष प्रताप रेग्मीलगायतले सहभागीता रहेको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad