Ad Area

लागूऔषध र लेनदेन मुद्दाका दुई फरार प्रतिबादी पक्राउ


तुलसीपुर, ८ माघ । लागूऔषध र लेनदेन मुद्दाका दुई फरार प्रतिबादी पक्राउ परेका छन् । लागूऔषध मुद्दाका फरार प्रतिबादी घोराही उपमहानगरपालिका वडा नं. ३ का ४० बर्षीय टेकबहादुर नेपाली पक्राउ परेका छन् ।

जिल्ला अदालतबाट लागूऔषध मुद्दामा बैशाख १५ गते २ बर्ष कैद र १ लाख जरिवाना तोकिएपछि नेपाली फरार रहँदै आएका थिए । गोप्य सूचनाका आधारमा लुकिछिपी बसेको अवस्थामा बुधबार प्रहरीले नेपालीलाई पक्राउ गरेको हो । त्यस्तै लेनदेन मुद्दामा घोराही–३ कै ५३ बर्षीय नैनबहादुर कामी पक्राउ परेका छन् । जिल्ला अदालतले २०७६ साल असार ४ गते लेनदेन मुद्दामा १ बर्ष कैद सजाय तोकेको थियो ।

त्यसपछि फरार कामी बुधबार पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । दुबै जनालाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्नका लागि जेल चलान गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad