Ad Area

जर्मन प्रविधिको स्कोडा ब्राण्डका कार अब दाङमा पनि पाईने


घोराही ८, माघ । विश्व बजारमा राम्रो छाप छोड्न सफल जर्मन प्रविधिको स्कोडा कारले नेपालमा पनि राम्रो बजार पाईरहेको छ । नेपाली उपभोक्ताको मागलाई मध्येनजर गर्दै स्कोडा कारको बजार पश्चिम नेपालमा पनि विस्तार हुँदैछ ।

महादेवा अटोमोवाइल्स प्रालिले स्कोडा गाडीको बजार पश्चिम नेपालमा विस्तार गर्न लागेको हो । जसअनुसार लुम्बिनी प्रदेशको राजधानी दाङमा पनि शोरुम खुल्न लागेको छ । दंगाली युवा उद्यमीहरुले दाङसहित नेपालगन्ज र सुर्खेतमा स्कोडाको शोरुम सञ्चालन गर्न थालेका हुन् । शनिबार घोराहीमा पत्रकार सम्मेलन गरी अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर रुद्र शर्माले विश्व बजारसँगै नेपाली बजारमा उपभोक्ताको पहिलो रोजाईमा परिरहेको स्कोडा कार अब दाङमा पनि पाईने भएको बताए ।

यो गाडी नेपालमा सन् २००२ मा भित्रिएपनि पश्चिम नेपालमै नयाँ रहेको उनको भनाई छ । स्थायीय युवाहरुको सक्रियतामा शोरुम संचालन गर्दै सुविधा सम्पन्न र भरपर्दो कारका रुपमा परिचित स्कोडा ब्राण्डका कार चढ्न उनको अपिल छ । उनका अनुसार यो गाडीको शोरुम नेपालगन्जमा सञ्चालनमा आइसकेको छ । दाङ र सुर्खेतमा सञ्चालनको तयारी भइरहेको छ ।

आइतबार (भोलि) दाङको घोराहीमा स्कोडा कम्पनीले नै सेमिनार गरी यसको बारेमा थप जानकारी गराउने तयारी गरेको शर्माले बताए । विभिन्न मोडेलमा रहेको स्कोडो गाडी ३६ लाखदेखि डेढ करोडसम्म पर्ने उनको भनाई छ । जर्मनीमा उत्पादन हुने यस गाडी अन्य गाडीको तुलनामा धेरै राम्रो रहेको म्यानेजिङ डाइरेक्टर शर्माले बताए । उनले अन्य गाडी ५ हजार किलोमिटर गुडेपछि सर्विसिङ गर्नु पर्ने भएपनि यसमा भने १५ हजार किलोमिटर गुडेपछि मात्र सविसिङ गर्नुपर्ने उनको भनाई छ ।

पत्रकार सम्मेलन महादेवा अटोमोवाइल्सका प्रमुख माधव धितालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार गिरीराज नेपालीले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad