Ad Area

दुई वटा भैँसीबाट सुरु भएको व्यवसाय, अहिले दैनिक २ सय ५० लिटर बढी दूध विक्रि गर्दै कुलराज


दाङ, ९ माघ । व्यावसायिक भैँसीपालनमा एक व्यक्तिले करिब डेढकरोड बढी लगानी गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ भानपुर निवासी कूलराज बुढाथोकी करिब सात वर्षको अवधिमा भैँसीपालनमा डेढ करोड लगानी गरेका हुन् ।

दुईवटा भैँसीबाट सुरु भएको व्यवसायमा अहिले करिब ८०-८५ भैँसी र पाडापाडी रहेका छन् । ५० बढी माउ भैँसीहरू छन् । व्यावसायिक भैँसीपालनबाट दैनिक करिब दुई सय ५० देखि ३ सय लिटरसम्म दूध विक्री गर्दै आएको बताएका छन् । उनले भैँसीपालनबाट मासिक डेढलाख बढी आम्दानी समेत गर्ने गरेका छन् । करिब ७ वर्ष वैदेशिक रोजगारीका क्रममा विभिन्न देश बसेर स्वदेश फर्किएका बुढाथोकीले घरमा दूध खानका लागि किनेका दुईवटा भैँसीबाट व्यावसायिक यात्रा तय गरेका हुन् ।

व्यावसायिक रूपमा भैँसी पाल्ने सोच बनाएपछि बडीमालिका पशुपालन प्रालि फर्म दर्ता गरे । ‘सुरुमा घरमा दूध खाने उद्देश्यले भैँसीपालन गरेको थिए । व्यावसायिक रूपमा भैँसी पालुँला भन्ने लागेको थिएन’, उनले भने, ‘घरमा केही समय दुईवटा भैँसी पालेपछि एकै वर्षमा डेढलाख रूपैयाँ आम्दानी भयो । त्यसपछि भैँसी बढाएर व्यावसायिक रूपमा पाल्ने सोच बनाएर लागे ।’ उनले त्यही सोचका कारण दुईवटा भैँसीबाट चार र चारवटाबाट आठ बनाउँदै अहिले सानाठूला सबै गरेर ८० बढी भैँसी रहेको बताए । उनले ती भैसीलाई ब्ल्याक गाेल्ड अर्थात कालाे सुनकाे उपमा दिएका छन् ।

दुईवटा भैँसीबाट सुरु भएको व्यवसाय अहिले बढेर भैँसी र पाडाहरू गरी ८०-८५ वटा छन् । उनले यसलाई बढाएर एक सय माउ–भैँसी मात्र बनाउने सोच भएको बताए । स्थानीय जातका भैँसीसँगै दूधका लागि मुर्रा जातका भैँसी पालेका छन् । कमाउनका लागि वैदेशिक रोजगारीमा गइरहनुभन्दा स्वदेशमै केही गरौँ भनेर पशुपालन व्यवसायमा लागेको बताए ।

‘पैसाकै लागि विदेशमा महिनामा डेढलाखसम्म कमाउने गरेको थिएँ तर कति विदेश मात्र जाने आफ्नै ठाउँमा केही गरौँ भन्ने सोचले भैँसीपालन गर्न थालेको हुँ’, उनले भने, ‘घरमै बसेर राम्रो आम्दानी भइरहेको छ ।’ साउदी, दुवै र इराकलगायतका देशहरूमा करिब एकदशक बसेका बुढाथोकीले मिहिनेत गर्नका लागि स्वदेशमै राम्रो सम्भावना रहेको बताए ।

५० वटा माउभैँसीमध्ये ३५-३६ वटा भैँसीले दूध दिने गरेका छन् । ती भैँसीहरूले दैनिक दुई सय ५० देखि ३ सय लिटरसम्म दूध दिने गरेको उने बताए । जसबाट उनले मासिक राम्रो आम्दानी आउने गरेको बताए । दूध विक्रीबाट भएको आम्दानी भैँसीका लागि दानापानीमा खर्च गर्दा पनि राम्रै बचत गर्ने गरेको बताए । दीर्घकालीन रूपमा एक सय माउभैँसी पु¥याउने लक्ष्य लिएका उनलाई भैँसीले उत्पादन गरेको दूध विक्री गर्नलाई समेत समस्या नभएको बताए ।

Blog Post Ad

‘अहिले करिव ३ सय लिटर दूध भैँसीले दिने गरेका छन्’, उनले भने, ‘यो दूध विक्री गर्न मलाई कुनै समस्या छैन, सबै घरबाटै विक्री हुँदै आएको छ ।’ उनले चिसोका कारण भैँसीले केही दूध घटाएको समेत बताए । उनले भँैसीपालनका लागि किसानले मिहिनेत गर्नुपर्ने समेत बताए । ‘मिहिनेत नगरेर आम्दानी हुँदैन, भैँसीलाई रेखदेखसँगै खानका लागि घाँसको समेत व्यवसस्था गर्न आवश्यक छ’, उनले भने, ‘किसानले भैँसी पाल्दा सबै सोचेर योजना बनाउँदै व्यवसायलाई अघि बढाउन सकिन्छ ।’

भैँसीको संख्या बढाउँदा समेत दूध विक्रीमा समस्या नहुने बताउँछन् । व्यावसायिक रूपमा एक सय भैँसी पु¥याउने लक्ष्य राखेका उनले भैँसीको दूधबाटै आइसक्रिम, चकलेट बनाउने सोच समेत बनाएका छन् । त्यहीअनुसार भैँसीको गोठ बढाउनेदेखि योजना निर्माण समेत बनाएको बताए । भैँसीपालनका लागि उनलाई प्रदेश सरकारले गोठ निर्माणका लागि २० लाख रूपैयाँ अनुदान दिएको बताए । उनले भैँसीपालनका लागि पाँच जनालाई रोजगारी समेत दिएका छन् ।

Blog Post Ad Blog Post Ad